भिमसेनथापा गाउँपालिका

Bhimsenthapa Rural Municipality, भिमसेनथापा गाउँपालिका

नेपालको संबिधान (२०७२) बमोजिम नेपाल सरकारले स्थानिय निकायहरुको पुन:संरचना को लागि गठन गरेको उच्च स्तरिय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिबेदन नेपाल सरकारले परिमार्जन गरि २०७३ फागुन २७ गतेबाट स्थानिय तह लागु गर्ने निर्णय अनुसार नेपालको पहाडी भूभागमा अवस्थित गोरखा जिल्ला पश्चिमाअञ्चल बिकास क्षेत्र अन्तर्गत पर्ने गण्डकी अञ्चलको पहाडी जिल्ला गोरखा एक हो ।

 

गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिन महत्व बोकेको गोरखा जिल्लामा अबस्थित बोर्लांगको चण्डीथोक गाउँमा जन्मिनुभएको नेपालको प्रथम तथा सबै भन्दा लामो समय सम्म पदमा रहेका नेपालका मुख्तियार तथा रास्ट्रिय बिभुति भिमसेन थापाको नाम बाट यस गाउँपालिकाको नामाकरण गरिएको हो ।

 

भौगोलिक बिबिधता पाखा, पखेरा, जंगल, खोल्सा ,खोल्सी ,खोंच र बेशी तथा अन्य प्राकृतिक सम्पदाले भरिएको यस जिल्ला को साबिकका गा बि स हरु मध्ये मसेल, तान्द्राङ्ग , अश्राङ्ग ,धावा ,बगुवा र बोर्लाङ्ग लाइ समायोजन गरी भिमसेनथापा गाउँपालिका गठन गरिएको हो । यस गाउँपालिकाको साबिकमा रहेको ६ ओटा गा.बि.स मध्य साबिक तान्द्राङ्ग गा.बि.सलाई विभाजन गरी हालको २ र ३ वडा बनाइएको छ र साबिक बोर्लाङ्ग गा.बि.स.लाई विभाजन गरी हालको ७ र ८ वडा बनाइएको छ ।

नवगठित स्थानीय तह भिमसेन थापा गाउँपालिका को क्षेत्रफल १०१.३५ वर्ग कि मि , जनसंख्या २२०३३ र वडा संख्या ८ रहेका छन् ।

जम्मा जनसंख्या ;२२०३३

क्षेत्रफ़ल : १०१.३४ वर्ग कि,मि,

जम्मा वडासंख्या : ८

केन्द्र : चामुण्डा प्र.विको भवन ( भिमसेनथापा -०५ ,बगुवा )

सिमाना

पुर्व: धादिङ जिल्ला

पश्चिम : गोरखा नगरपालिका र सिरानचोक गा.पा.

उत्तर : बारपाक सुलिकोट गा.पा. र आरुघाट गा.पा.

दक्षिण : शहिद लखन गा.पा.र धादिङ जिल्ला

 

 

वडा बिभाजन

क्र सं नयाँ वडा समाबेस गा.बि.स. जनसंख्या क्षेत्रफल (वर्ग कि. मि. )
१                  १               मसेल (१-९)        ३८२७               १४.९
२                  २               तान्द्राङ्ग(५-९)    २०१९               ४.३४
३                   ३              तान्द्राङ्ग(१-४)    २१२२               ११.८
४                   ४              धावा(१-९)           ३५७०                १६.१
५                   ५             बगुवा (१-९)           १९६५               ६.४
६                   ६            अश्राङ्ग (१-९)          ३४०६              १८.९
७                   ७            बोर्लाङ्ग(१,४,८,९,)    २१४८             ११.३
८                   ८            बोर्लाङ्ग(२,३,५,७)      २८९६            १७.६
 जम्मा          २२०३३     १०१.34

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *