‘वाईन टु वाटर नेपाल’द्वारा बुङ्कोट स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री

‘वाईन टु वाटर नेपाल’द्वारा बुङ्कोट स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री

गोरखाको शहिद लखन गाउँपालिका ७ स्थित बुंकोट स्वास्थ्य चौकीलाई ‘वाईन टु वाटर नेपाल’ले स्वास्थ्य समाग्री प्रदान गरेको छ ।

‘वाईन टु वाटर नेपाल काठमाडौ’ ले शैली चित्रकारको समन्वयमा आइतबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
संस्थाले बुंकोट स्वास्थ्य चौकीको लागि प्रतिघण्टा पाँचसय लिटर पानी शुद्धिकरण गर्ने आर(ओ ईलेक्ट्रिक फिल्टर एकथान, पाँचसय लिटरको हिलट्याङ्क एकथान, स्टे«चर ५ थान, पुन प्रयोग गर्न मिल्ने खालको पिपिई ५० थान, सर्जिकल ग्लोब्स पाँचसय जोरलगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

सामाग्री हस्तान्तरणका लागि संस्थाको वास संयोजक यज्ञराज जोशी लगायतको उपस्थिति रहेको उनले बताए ।सभार :दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *