गोरखकाली हस्तकला उद्योगमा एक महिने ढाका बुन्ने तालिम सुरु

One month dhaka weaving training started in Gorakhkali handicraft industry

 

गोरखा नगरपालिका ८ मा रहेको गोरखकाली हस्तकला उद्योगमा एक महिने ढाका बुन्ने एड्भान्स तालिम सुरु भएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोग र उद्योगमा संचालनमा १० जना महिलालाई तालिम सुरु गरिएको शेयर सदस्य सिर्जना पाण्डेले बताईन ।

सोमवार उक्त तालिमको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले उद्घाटन गरेका ह्ुन् । तालिममा सहभागीलाई सिप सिकेपछि ब्यवाहारमा प्रयोग गर्न उनले सुझाब दिए । नगरपालिका भित्र रहेर गोरखकाली हस्तकला उद्योगले छुट्टै ब्यवशायीक पहिचान स्थापित गर्न सफल भएको र रोजगारीको अवसर पनि सिर्जना गरेको उनले बताए । ‘नगर भित्रका सबै घरेलु तथा साना उद्योगलाई टिकाउने गरी हामीले केही सहयोग गरिरहेका छौँ’ उनले भने ।

उपप्रमुख बिनाकुमारी श्रेष्ठले महिलाहरुलाई स्वरोजगार बनाउन तालिमले मद्धत पुग्ने बताईन । तालिम लिएपछि त्यसलाई प्रयोग गर्न पनि उनले सहभागीलाई सुझाब दिईन । गोरखकाली हस्तकला उद्योगका शेयर सदस्य रिता रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष कृष्ण केसी, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा, शेयर सदस्य अस्मिता कट्टेल लगायतले धारणा राखेका थिए ।

सहभागी प्रशिक्षार्थीलाई सहायक प्रशिक्षक देवका रानाले तालिम दिने उद्योगले जनाएको छ । तालिम उद्घाटनका क्रममा स्थानीय महिलाहरुको पनि उपस्थिती रहेको थियो ।साभारः दरौँदी दैनिक

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *