गण्डकी गाउँपालिका

गण्डकी गाउँपालिका Gandaki Rural Municipality, Gandaki Rural Municipality

संक्षिप्त परिचय नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी अञ्चलका ६ जिल्लाहरु मध्ये एक ऐतिहासिक महत्व रहेको गोरखाजिल्ला रहेको छ। नेपाल राज्यको केन्द्र भागमा अवस्थित गोरखाजिल्लाको आफ्नै एतिहासिक महत्व रहेको छ । नेपालको संविधान (२०७२) बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय अनुसार यस गोरखाजिल्लाको साविकका गा.वि.स.हरु फुजेल, दर्बुङ, भूम्लिचोक, घ्याल्चोक, ताङलीचोक र मकैसिङगाविसलार्ई समायोजन गरीगण्डकी गार्उँपालिका गठन गरिएको छ।

पर्यटकीय स्थलहरुको विवरण धार्मिक,ऐतिहासिक पुरातात्विक .पर्यटकीय स्थलहरु भैरवीथान पर्यटकीय स्थल२, थानी पर्यटकीय स्थल ,पहाराकुना पर्यटकीय स्थल, नदी किनार रिभरसाइड पर्यटकीय स्थल, खरीखानी पर्यटकीय स्थल, इमानजली मित्र मण्डली पर्यटकीय स्थल७सिद्धदर्शन गुफा पर्यटकीय क्षेत्र, देवीथान मन्दिर पर्यटकीय क्षेत्र९चमेरी गुफा पर्यटकीय क्षेत्र, भैरवीटार पर्यटकीय क्षेत्र साथै त्रिशुली -याफ्टिङ पर्यटकीय क्षेत्र रहेको छ ।

साविकको मकैसिङ गाविसलाई हालको वडा नं.१, साविकको ताङलीचोक गाविसलाइ हालको वडा नं. २, साविकको फुजेल गाविसलाई वडा नं. ३ र ४, साविकको दर्बुङ गाविसलाई वडा नं. ५, साविकको भूम्लिचोक गाविसलाई वडा नं. ६ र साविकको घ्याल्चोक गाविसलाई वडा नं. ७ र ८ मा समायोजन गरी यस गाउँपालिको निर्माण गरिएको छ ।

गाउँपालिकाको जम्मा क्षेत्रफल १२३.८६वर्ग किलोमिटर रहेको छ भने यसको सिमानामा पूर्वमा धादिङ जिल्ला, पश्चिममा चितवन जिल्ला, उत्तरमा शहिद लखन गाउँपालिका र दक्षिण धादिङ जिल्ला रहेको छ ।
प्रमुख जातजातिहरुयस गाउँपालिका भित्र विभिन्न जातजातिहरुको बसोबास रहेकोछ । विभिन्न जातजातिहरुको बसोबास भएपनि एक समानको सौहद्रापूर्ण बसोेवास रहेको पाईन्छ ।
यहाँ बसोवास गर्ने प्रमुख जातजातिहरुमा व्राहमण–पहाडी, नेवार, मगर, गुरुङ, चेपाङ, क्षेत्री, सार्की आदिको मिश्रित वसोवास रहेको छन।प्रमुख मातृ भाषाकुनै पनि व्यक्तिले आफ्नो जन्मपछि परिवारमा सबैभन्दा पहिले बोल्न सिकेको भाषालाई मातृभाषा भनिन्छ । यहाँ विभिन्न जातजातिहरुको आफ्नै किसिमको भाषा वोलीचालीमा वोल्ने गर्दछन ।
यहाँ बोलिने प्रमुख भाषाहरुमा नेपाली, नेवार, मगर, गुरुङ्ग, चेपाङ, अन्य भाषा रहेका छन ।धर्मयस गाउँपालिका भित्र विभिन्न जातजातिहरुको एक समानको सौहद्रापूर्ण बसोेवास रहेता पनि यिनीहरुको आ–आफ्नै किसिमको धर्म तथा संस्कृतिमान्दछन । यहाँ धेरैजसो हिन्दु धर्मावलम्वीहरु रहेका छन भने केहि क्रिश्चियन, किरात, बुद्ध, ईसाई, अन्य मिश्रित रहेका भेटिन्छन । संस्कारजातिगत र साँस्कृतिक विविधता रहेको यस गाउँपालिकाका वासिन्दाहरुको आ–आप्mनै किसमको सामाजिक संस्कार रहेको छ ।
यस गाउँपालिकामा धेरै हिन्दु धर्म मान्नेको वाहुलियता बढि भएकोले यिनीहरुले गर्ने प्रमुख संस्कार कुल पुजा, गोठ पुजा, वर्तमान, विवहा, काजकृया, वार्षिक काम,न्वारन, तिथी श्राद्ध, सोह्रस्राद्ध औशि, पूर्णीमा, सक्रान्ती, मसान्ता, सत्यनाराण्यणको पुजा, एकाह, होमहोमदी, यज्ञ, सप्ताह, रुद्रीपाठ, मलमास, सूर्य ग्रहण, चन्द्रग्रहण, आदि रहेका छन । चाडपर्वहरुप्रमुख चाडपर्व तथा मेलाहरुमा विजयादशमी, दिपावली, नौरथा, घटस्थापना, सोह्र स्राद्ध, रामनवमी, माघेसक्रान्ती, साउनेसक्रान्ती, तिज, जनैपूर्णीमा, कृष्ण जन्माष्टमी, बुद्धपूर्णीमा, ल्होछार तमु ल्होछार आदि यहाँका प्रमुख चाडपर्वहरु हुन्।

ठसामाजिक वातावरणयस गाउँपालिकामा विभिन्न किसिमका जात, जाति, भाषा र धर्म भएको मानिसको वसोवास रहेतापनि जातिय विभिन्नता, भाषागत विभिन्नता तथा धार्मिक भिन्नता रहेता पनि सामाजिक स्थिरता तथा शान्तिपूर्ण वातावरणमा कुनै प्रकारको नकारात्मक विभिन्नता देखिएको छैन । विभिन्न चाडपर्वमा एक अर्काको (विपरीत धर्मावलमवी) वीच लवाई खुवाईको परम्पराको सोहाद्रताको प्रमाण रहेको कुरा स्थानीय वासिन्दाहरुको भनाई रहेको छ । यद्यपी न्यून मात्रामा भएपनि दलित जातका मानिसलाई माथिल्लो जातको मानिसहरुले केही विभेद गरिरहेको पाईएको छ । जस्तैः–दलितको हातवाट पानी नखाने दलित वर्गका मानिसहरुलाई ब्राम्हणजातिहरुले घरमा पस्न नदिने एक अर्काको काममा चासो नदिने ईत्यादी भिन्नता भएको पाईन्छ । तर पहिलेको तुलनामा यी विभेदहरु केहि मात्रामा न्युन हुँदै गइरहेको कुराको समूदायसँग गरिएको छलफलवाट पुष्टी हुन्छ ।वसाई सराईको प्रभावमानिसहरु एक ठाउँवाट अर्को ठाउँमा बसोबासको लागि सर्ने प्रकियालाई नै बसाई सराई भनिन्छ । गाउँपालिकाको भौगोलिक विकटता देशको राजनैतिक लुछाचुडीले गर्दा विभिन्न सेवा र सुविधा प्राप्त गर्न र सहज जिवन यापन गर्ने दृष्टिकोणले गाउँपालिकावाट अन्यत्र बसाईसरी जाने गरेको पाईन्छ

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *