गण्डकी गाँउपालिका ८ मा गठन भएको भिमसेनथान डेरी कृषि समुहलाई उन्नत जातको भैसीको पाडी वितरण गरिएको छ ।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई गोरखाको ६ लाख सहयोगमा पाडी बितरण गरिएको आयोजनाका क्लष्टर इकाई प्रमुख वरिष्ठ कृषि विकास अधिकृत दुर्गा प्रसाद पण्डितले जानकारी दिए ।
नेपाल सरकार कृषि मन्त्रालय खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई गोरखाको संचालन तथा युएन एफएओको प्राविधिक सहयोगमा गोरखामा यो कार्यक्रम संचालनमा छ ।
कृषि तथा खाद्य सुरक्षा कोष कार्यक्रमवाट प्राप्त आर्थिक सहयोग र विश्व वैकको सुपरिवेक्षणमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयवाट कार्यक्रम संचालन भएको हो ।
सोही यस वर्ष मात्रै गण्डकी गाँउपालिकामा २५ वटा पशुपालन समुहहरु गठन भई काम भइरहेको आयोजनाका क्लष्टर इकाई प्रमुख वरिष्ठ कृषि विकास अधिकृत पण्डितले जानकारी दिए । ति सबै समुहलाई मागको आधारमा विभिन्न कार्यक्रमहरु संचालन गरिरहेकोे छ ।
कार्यक्रमा परियोजनावाट ८५ प्रतिशत अनुदान र १५ प्रतिशत रकम समुहले व्यवस्थापन गरेको क्लस्टर इकाइ गोरखाको सुचना अधिकारी तथा कृषि अधिकृत लेखराज ढकालले वताए । गण्डकी गाँउपालिका र वारपाक सुलीकोट गाँउपालिकामा संचालित यस कार्यक्रमले कृषि, पशु तथा पोषणको क्षेत्रमा विभिन्न गतिविधि संचालन गरिरहेको जनाएको छ ।साभारः दरौँदी दैनिक पत्रिका