ढुंगागाडेबाट बुंकोट हुँदै नामजुङसम्मको सडक कालोपत्रे शुरु

ढुंगागाडेबाट बुंकोट हुँदै नामजुङसम्मको सडक कालोपत्रे शुरु

ट्रयाक खुलेको करीव ३० वर्षपछि गोरखाको ढुङ्गागाडेबाट बुंकोट हुँदै नामजुङसम्मको सडक कालोपत्रे शुरु भएको छ ।
प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत ढुंगागाडेबाट नामजुङसम्मको १२ किलोमिटर सडक कालोपत्रे शुरु गरिएको हो । नामजुङको बर्चुलीथानबाट बुंकोटतर्फ कालोपत्रे गर्न थालिएको पूर्वाधार विकास कार्यालय गोरखाका इन्जिनियर गणेश सुवेदीले बताउनुभयो ।

सडकको चौडाई ७ मिटर रहेको छ भने पहिलो सतहको कालोपत्रे ७ मिटरनै हुनेछ । अन्तिम कालोपत्रे भने साढे ५ मिटरको हुने उहाँको भनाई छ ।
नामजुङसम्मको १२ किलोमिटर सडक कालोपत्रेका लागि लामा कन्स्ट्रक्सनसँग ३३ करोड ९१ लाख रुपैयामा ठेक्का सम्झौता भएको हो । २०७६ साल असोजमा ठेक्का सम्झौता भएको र आगामी कात्तिकसम्म ठेक्का सम्झौताको म्याद रहेको इन्जिनियर सुवेदीले जानकारी दिनुभयो ।

पहिलो र दोस्रो लहरको कोरोना संकट र लकडाउनका विचमा पनि उक्त सडकखण्ड स्तरोन्नतीको काम निर्धारित समयभित्रै पूरा गर्ने निर्माण ब्यवसायीले बताएका छन् ।

उक्त सडकखण्ड स्तरोन्नतीको काम चलिरहेकाले वैकल्पिक मार्ग भएर सवारी साधन सञ्चालन गर्न शहिद लखन गाऊँपालिकाले सूचना मार्फत जानकारी गराएको छ ।
सभार :choicefm.org

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *