गण्डकी गाउँपालिकाका किसान समुहलाई हातेट्याक्टर वितरण

गण्डकी गाउँपालिकाका किसान समुहलाई हातेट्याक्टर वितरण

गोरखाको गण्डकी गाँउपालिकाका २ वटा किसान समुहलाई ७ थान हातेट्याक्टर वितरण गरिएको छ । वडा नं ३ को प्रगतीशीलक कृषक समुहलाई ४ वटा र वडा नं ४ को भिमसेन कृषक समुहलाई ३ वटा हाते ट्याक्टर वितरण गरिएको हो ।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई गोरखाको संचालन तथा युएन एफएओको प्राविधिक सहयोगमा संचालन भएको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना अन्तरगत हातेटक्याटर वितरण गरीएको हो । गाँउमा खेत जोत्ने गोरुको अभाव भएको वेला कृषिलाई पुनरुत्थान तथा आधुनिकीकरण गर्ने उदेश्यले हातेटयाक्टर वितरण गरेको क्लस्टर इकाइ प्रमुख दुर्गा पण्डितले जानकारी दिनुभयो ।
हाते ट्याक्टरको साथै किसानलाई १/१ वटा क्यारेट, थोपा सिचाई, टलेन घर, सिचाईको लागि पाईप, स्पेयर, लगायत विउ विजन पनि वितरण गरिएको छ। विश्व कृषि तथा खाद्य सुरक्षा कोष कार्यक्रमवाट प्राप्त आर्थिक सहयोग र विश्व वैंकको सुपरिवेक्षणमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयवाट संचालन भई रहको यस कार्यक्रममा परियोजनावाट ८५ प्रतिशत अनुदान र १५ प्रतिशत रकम समुहले व्यवस्थापन गरेका हुन् । यस कार्यक्रम गोरखाको गण्डकी गाँउपालिका र वारपाक सुलीकोट गाँउपालिकामा संचालित छ ।साभारः च्वाईस एफ एम

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *