खरिबोटमा सोनाम ल्होसार कार्यक्रम

Sonam Lhosar program in Kharibot

खरिबोट सिस्नेको वौद्ध हिमाली युवाक्लवले सोनाम ल्होसारको अवसरमा भवन उद्घाटन तथा ल्होसार विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । बुधबार सोनाम ल्होसारको अवसरमा अजीरकोट २ सिस्नेको सो क्लवले निर्माण गरेको सामुदायिक भवनको गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले उद्घाटन गरेका हुन् ।

सो अवसरमा प्रमुख अतिथि सांसद दवाडीले क्लवलाई कार्यालय सञ्चालन तथा व्यवस्थापनका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । यसअघि सो भवन निर्माणका लागि पनि ५० हजार रुपैयाँ प्रदान गरेका थिए ।

क्लवका अध्यक्ष सञ्जय तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सांसद दवाडी, विशेष अतिथि गाउँपालिकाकी उपप्रमुख चन्द्रमाया गुरुङ, वडा नं. ३ का वडाअध्यक्ष तयराज गुरुङ, नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोविन्द गुरुङ, कांग्रेसका महाधिवेशन प्रतिनिधि सुवास अधिकारी, नेविसंघका प्रवीण गुरुङ लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *