गोरखा नगरपालिकामा कक्षा ५ र ८ को नतिजा सार्वजनिक( नतिजा सहित)

गोरखा नगरपालिकामा कक्षा ५ र ८ को नतिजा सार्वजनिक( नतिजा सहित)

गोरखा नगरपालिकाले शैक्षिक सत्र २०७७ को कक्षा ५ र ८ को नगरस्तरीय परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नगरपालिकाको वेभसाईट र फेसबुक पेजमार्फत नतिजा सार्वजनिक गरिएको हो । ग्रेडीङ प्रणाली अन्तरगत भएको नतिजामा सबै विषयमा डि प्लस ग्रेड ल्याउनेले मात्रै माथिल्लो कक्षा पढ्न पाउने ब्यबस्था छ ।

कोभिडका कारण विद्यार्थीको भौतिक उपस्थितीमा बार्षिक परिक्षा गर्न सम्भव नभएकाले नगरपालिकाले अघिल्ला परिक्षा र आन्तरिक मुल्यांकनका आधारमा अंक ब्यबस्थापन गरि नतिजा तयार पार्न विद्यालयहरुलाई निर्देशन दिएको थियो ।

सोही आधारमा विद्यालयले नगरपालिकामा उपलब्ध गराएको विवरण रुजु गरेर नतिजा सार्वजनिक गरिएको नगरपालिकाको शिक्षा शाखाका धुब्रराज अर्यालले जानकारी दिनुभयो ।
असार १ गतेबाट भौतिक उपस्थिती बाहेकको बैकल्पिक माध्यमबाट विद्यार्थी भर्नाको अभिलेख कायम गर्ने, विद्यार्थीका लागि पाठ्यपुस्तकको ब्यबस्थापन गर्ने, विद्यार्थी सिकाई सहजिकरण निर्देशिका अनुसार निरन्तर सिकाईको ब्यबस्था मिलाउन नगरपालिकाले विद्यालयहरुलाई निर्देशन दिएको छ ।
सभार : choicefm.org

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *