गोरखाको मनास्लु क्षेत्र चिनाउने पहिलो म्यूजिक भिडियोे

Featured Video Play Icon

गोरखाको मनास्लु क्षेत्र चिनाउने गरी पहिलो पटक म्यूजिक भिडियो बजारमा ल्याइएको छ । चुमनुब्री गाउँपालिका १ का वडाअध्यक्षसमेत रहेको वीरबहादुर लामाले माघे सक्रान्तिको दिन पारेर जोयफुल नुब्री नामको म्यूजिक भिडियो बजारमा ल्याएका हुन् ।

 

म्यूजिक भिडियोमा तिब्बती मूलको गीत संगीतका प्रशिक्षक सामागाउँका तेञ्जिन नाम्ग्यालको स्वर र संगीतले सजिएको सो गीतमा नाताक खेन्पो ग्याल्जेनको शव्द तथा वडाअध्यक्ष वीरबहादुर लामाको परिकल्पना र व्यवस्थापन रहेको छ ।

 

सो म्युजिक भिडियोमा प्रसिद्ध आठहजार मिटर अग्लो मनास्लु हिमाल, वीरेन्द्रताल, पुंगेन हिमाल, लामोमाने, बूढीगण्डकी, झरना र स्थानीयबासीको जनजीवनको वर्णन गरिएको निर्देशक वीरबहादुर लामाले जानकारी दिए । गीतमा अंग्रेजी सब–टाइटल समेटिएको छ ।

New Tibetan Song 2022 | JOYFUL NUBRI | Tenzin Namgyal #Nubri

New Tibetan Song 2022 | JOYFUL NUBRI | Tenzin Namgyal #Nubri

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *