गोर्खा परिचय

गोर्खा परिचय

गोरखा जिल्ला पश्चिमान्चल विकास क्षॆत्र अन्तर्गत पर्ने गण्डकी अन्चलको उत्तर पुर्वी सिमानामा अवस्थित छ। गोर्खा जिल्लको पूर्वमा धादिङ र तिब्बत पश्चिममा लमजुङ मनाङ तिब्बत उत्तरमा तिब्बत र दक्षिणमा चितवन तनहु धादिङ जिल्ला पर्दछ ।

भौगोलिक स्थिति अनुसार यो जिल्ला २७.१५ डिग्री देखि २८.१५ डिग्री अक्षांश र ८४.२७ डिग्री देखि ८४.५८ डिग्री देशान्तरमा अवस्थित छ । साथै यसको कूल क्षॆत्रफल ३६१० वर्ग किलोमिटर रहेको छ भने यो जिल्ला समुद्री सतहदेखि करिब २२८ मिटरदेखि ८१६३ मिटर सम्मको उचाईमा रहेर उत्तर दक्षिणमा फैलिएको छ । जिल्ला सदरमुकाम गोरखा बजार समुद्र सतहदेखि ११०० मिटरको उचाईमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *