अमेरिका, ओबामा र सपना : नारायण श्रेष्ठ

अमेरिका, ओबामा र सपना : नारायण श्रेष्ठ

(२०६८ पुस १२ गते)
सन २००८ को समरमा अमेरिका टेक्दा हपक्क तातो हावाले मलाई एकैपटक समात्यो। काठमाण्डौको मोडेरेट हावापानी छोडेपछिको त्यो मेरो पहिलो अमेरिकी अनुभव थियो । राजधानी छोड्दा मैले त्यस्तो ?तातो? र ?हृयुमिड? अमेरिका कल्पना गरेको थिईन । खुल्ला समाजको उदाहरण दिईने अमेरिकी व्यवस्था र सामाजिक संरचनाका बारेमा मेरा कल्पना अली फरक र अमूर्त थिए। अमेरिकी समाज युरोपसंग तुलना गरिने हुनाले कतिपय युरोपेली ठाउँजस्तै अमेरिका पनि केही चीसो होला भन्ने मेरो कल्पना थियो । सन् २००८ को त्यो यात्रामा राष्ट्रपतिय चुनाव तयारीको ताप देख्ने मौका मिल्यो । अस्वेत मुलका बराक ओबामाको चुनावी दौड मेरा लागि रुचिको विषय थियो । युवाहरु र आप्रवासी समुदायमा उनको समर्थक प्रसस्तै थिए, तर मैले भेटेका कतिपय स्वेतहरु भने अमेरिकी समाज सोचेभन्दा बढी सांप्रदायीक भएको र अस्वेत अमेरिकी ओबामाले चुनाव जित्न नसक्ने तर्क गर्थे । अमेरिकी समाजको ?अ? पनि नबुझ्ने मेरा लागि जुनसुकै तर्कलाई पनि होला भन्नु बाहेक अर्को विकल्प थिएन । दुबैखाले तर्कहरुका अगाडि ?हुनसक्छ? भन्ने अर्थमा मुन्टो हल्लाउँदै ओबामाको अटोबायोग्राफी ?डि्रम्स प|mम माई फाद -र)? लिएर म नेपाल फर्किएँ । त्यसको केही हप्तापछि काठमाण्डौमा अमेरिकी दुतावासका कर्मचारी र अमेरिकी गैर सरकारी संस्थाहरुमा काम गर्नेहरु बीचमा अमेरिकी चुनावका बारेमा एउटा प्रारम्भीक बहस भयो । त्यो बहसको लगत्तै ?ओबामा? लेखिएका स्टिकरहरु राजधानी काठमाण्डौको धुलाम्य सडकामा पनि देख्न पाईयो । रमाईलो के थियो भने आधा दिन समय फरक हुने अमेरिकाको चुनावमा नेपाली रुचि निकै बाक्लो थियो ।

ती घटना र दृष्यहरुको दुई वर्षपछि, सन २०१० को जुन महिनामा, म फेरि अमेरिका आउँदै थिएँ । देशमा प्रधानमन्त्री माधव नेपालले पदबाट राजीनामा दिएका थिए । तर सत्ता सम्हाल्ने अर्को मुखियाको टुंगो थिएन । काठमाण्डौबाट नयाँ दिल्ली लाग्दा विमानमा सयौं युवाहरु खाडी र मलेसिया उड्दै थिए । दर्जनौं भुटानीहरु नेपाल छोडेर तेश्रो देश स्थानान्तरण हुँदै थिए । केही युवाहरुको जोडी पी आर -स्थायी बसोबासको ब्यवस्था) मिलाएर क्यानडा लाग्दै थिए । नेपाली समाजको एउटा कम्प्लेक्स जहाजभित्र देख्दै थिएँ म । बल भएका, वुद्धि भएका र केही नभएका सबैको जोडबल देश बाहिर जानुमै थियो । समाजको यो बाध्यता, पलायनको यो तरिका झन झन द्रुत भैरहेको छ । युवाहरु सबभन्दा धेरै निरास थिए । पढेकाहरु देशमा केही गर्ने अवसर नभएकोमा दिक्दार थिए । पढ्न नपाएकाहरु बेरोजगार हुनु परेकोमा निरास थिए । देशभित्र रोजगारीको कुनै अवसर नभएकाले बाध्य भएर विदेश हिंड्नु परेको उनीहरुको दुखेसो थियो ।

परदेश हिंडेका तन्नेरीहरुको अवस्था देख्दा लाग्थ्यो आशा केहीमा छ भने राजनीति गर्ने नेताहरुमा मात्रै छ । उनीहरु आफैभित्र रमाएका छन, आफैभित्र आशाको एउटा धर्को पालेर बसेका छन् । तर यो बेहालका बारेमा उनीहरुलाई कुनै मतलव छैन । आफु मात्रै ठीक अरु बेठीक, आ?नै डम्फुको तालमा सबैले नाच्नै पर्छ नत्र भर्सेलै परोस भन्ने सैलीको राजनीति देख्दा मन खिन्न भएर आयो । वुद्धि, ताकत र शक्तिको पलायन त अत्यास लाग्दो छँदै थियो? देशका नेताहरु किन जनताको हितमा भन्दा आफू र आ?ना कार्यकर्ताका लागि मात्र काम गरिरहेका छन् भन्ने देख्दा स्खलीत नेताहरुको तस्विर मात्र आउँन थाल्यो । त्यस्तै सोच्दै म सपना र अवसरहरुको भूमि मानिने अमेरिका आइपुगें । यो पटकको आगमनमा मेरा केही योजनाहरु थिए । मेरो नियमित कार्यक्रम ?साझा सवाल? तयार गर्नु थियो । अमेरिकामा बसोबास गर्ने नेपाली तथा अमेरिकी नेपालीहरुसंग कुराकानी गर्ने योजना थियो । नेपालको राजनीति र आर्थिक अवस्थालाई उनीहरुले कसरी हेरिरहेका छन् भन्ने जान्नु थियो ।

यसपटक आइपुग्दा ?परिवर्तन हामी सक्छौं? भन्ने ओबामाले राष्ट्रपतीय चुनाव जितिसकेका थिए । अमेरिकी मिडियामा जन स्वास्थ्य, मेक्सिकोको खाडी नजिक समुद्र पींधबाट पोखिएको तेल लगायतका मुद्दामा वहस चल्दै थियो । आर्थिक मन्दीले गाँजेपछि तंगि्रन लागेको अमेरिकी समाजमा कुरा चाहीं आशा र विश्वासकै थियो । प्रत्येक व्यक्तिमा जसरी पनि अगाडि नै बढ्नु पर्छ, काम गर्न सके राता रात सफल हुन सकिन्छ भन्ने विश्वास देखिन्थ्यो । यो मान्यता र आत्मविश्वास मेरा लागि गजवको विषय हो । असफल कोही पनि हुँदैनन, सफल बन्ने सपना नै बुनिरहेका छन हर कोही अमेरिकामा ।

अमेरिकामा भेटिएका र मैले कुराकानी गरेका मध्ये कतिपय बिद्यार्थीहरु थिए । भिसा स्ट्याटस मिलाउन, कलेज धान्न र पढाई खर्च पुर्‍याउन तिनीहरु रातोदिन घोटिइरहेका छन् । भिसा जोगाइराख्न कम्तिमा पनि निश्चित कोर्स पढेकै हुनु पर्ने अमेरीकी नीति पूरा गर्न तिनीहरु कमाएको रकमको महत्वपूर्ण हिस्सा कलेजहरुलाई तीर्न बाधय छन् । गैरकानुनी बसोबास गर्ने पनि छन् । कानून रुपामा बसोबास गर्ने र केही पुरानाहरुको चाल बेग्लै छ । कलेज पढाउने र राम्रो सरकारी वा कम्पनीमा काम गर्नेहरुको अवस्था लोभलाग्दो छ । केही केही छन्, जो नेपाली माटो र व्यवस्थालाई जतिखेर पनि गाली गर्छन् । तिनीहरुलाई अमेरिकामा पनि काठमाण्डौको बाग्मती गनाउँछ, फोहरले सताउँछ । त्यस्ताहरु चैं कुनै न कुनै नाममा देश, नीति र नेतालाई दोष दिएर अमेरिकामै फुरुङ्ग छन् ।

जतिबेला पनि देशकै कुरा, देशकै चिन्ता र चिन्तन गर्ने पनि छन । देश नगएको वर्षौं भयो र पनि उनीहरुमा देशप्रति आस्था र प्रेम देख्दा मलाई खुसी लाग्यो । अलि अलि भए पनि नेपाललाई सघाउँ, आफै पढेको स्कुललाई भए पनि राम्रो बनाउँ भन्ने सकारात्मक सोचकाहरु पनि छन् । कतिपय नेपालीहरु अमेरिकामा अध्ययनपछि नेपालै र्फकने र केही गर्ने सपना देखिरहेका छन् । अर्को एउटा तप्का छ जो नेपाल नगएको वर्षौं भेसकेको छ । कल्पनाकै भरमा नेपाली नीति र प्रणालीलाई गाली गर्नेहरुमा ती माहिर देखिन्छन् । सारमा अमेरिकी आप्रवासी समाजको विविधता नेपाली अमेरिकीमा पनि देखिन्छ ।

काठमाण्डौको राजनीतिमा विदेशी प्रभाव छ भनेर विश्वास गर्नेहरु धेरै छन् । उनीहरुको तर्कमा छिमेकी देश र सात समुद्रपारिको अमेरिकालगायतका मुलुकहरु नेपालजस्तो सानो देशको आन्तरिक मामलामा हाबी छन् । तर, अमेरिकामा रहेका नेपाली समुदाय अमेरिकी नीति निर्माताहरुका लागि खासै चासोको मुद्दा बनेको मैले देखिँन । अमेरिकामा रहेका नेपाली समुदायको महत्वपुर्ण भनिएका कतिपय औपचारिक कार्यक्रमहरुमा कतै पनि अमेरिकी कांग्रेसम्यान वा सिनेटेरको उपस्थिति हँुंदैन । शायद यहाँ रहेका नेपालीहरुका लागि त्यहाँसम्म पहुँच विस्तार गर्ने खाँचो नै परेको छैन वा उनीहरु पनि त्यहाँ पुग्ने सपना मात्रै बोकिरहेका छन् ।

अमेरिकी समाजका लागि नेपालीहरुको उपस्थिति सानो अंस मात्रै हो । यसले अमेरिकी ध्यान खिच्न सकिरहेको छैन । तर अवको एक दशकपछि अमेरिकी कांग्रेसमा सांकेतिक भए पनि नेपाली उमेद्वार उठाउने सपना देख्ने पनि छन् । सिंहदरबारको राजनीति ताक्नेहरु बेला मौका अमेरिका धाउन मन पराउँछन् । त्यसले नेपाली नेता र समाजमा पार्ने मनोबैज्ञाक असर त केही होला । तर अमेरिका आएर नेताहरुले खासै ठूलो उपलब्धी हात लाउन नसकेको यहाँ रहेका नेपालीहरुको गुनासो हुने गर्छ । सायद अमेरिकाको चिल्ला सडक, पुलमाथि पुलको खात र अग्ला भवनहरु देखेर नेताहरु अचम्मित हुँदा गर्न सकिने संभावित कुटनीतिक पहल नै बिर्साएका हुन सक्छन् । यस्तो पनि तर्क सुन्न पाइन्छ कि यी चिल्ला राजमार्गमा ८० माईल प्रतिघण्टाको गतिमा नेताहरुलाई सयर गराउने हो भने उनीहरुले देश र जनतालाई केही गर्न नसकेको र साँच्चै आफूले गरेका गल्ती महसुस गर्नेछन् । ती कल्पना वास्तविकतामा परिणत हुन सक्छन् या सक्दैन तर यथार्थमा नेताहरु अमेरिका छोडेर एअरपोर्ट पुग्नेवित्तिकै विकासको यो नमूना बिर्सिदिन्छन् । सम्झने भए कम्तिमा भएका कानून पालना गराउन केही प्रयास त हुन्थ्यो होला !

अमेरिकी राष्ट्रपति ओवामाले आ?नो पुस्तक ?डि्रम्स प|mम माई फाद (र)? मा ज्ञानका लागि अमेरिका पढ्न आएका पहिलो पुस्ताका केन्याली आ?ना बाबुका बारेमा ?अमेरिकी अर्थव्यवस्थाको ज्ञान लिएपछि पिताजी केन्या फर्किएको? बताएका छन् । पुस्तकमा उल्लेखित ओबामाका संघर्षमय दिनहरु हरकोहीका लागि उर्जा थप्न योग्य छन् । दुई वर्षको अन्तरालमा उक्त पुस्तक मैले पढें। र यतिबेलाको अमेरिका यात्रामा मनमनै कल्पना गर्दै छु के पछिल्लो पुस्ताको नेपाली अमेरिकी यो देशको कंग्रेसम्यान या सिनेटर बन्ने हैसियत राख्लान् ?

(लेखक बिबिसी वल्र्ड ट्रष्टद्वारा सञ्चालित साझा सवालका सञ्चालक हुन्)

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *