पर्यटन बर्ष’११’ सँगै लम्केको गोरखा

पर्यटन बर्ष'११' सँगै लम्केको गोरखा

 

(२०६८ पुस १२ गते)
पर्यटन वर्ष२०११ को सुरुवातसँगै गोरखामा पर्यटन विकाससँग सम्बन्धित संघसँस्थाहरु सक्रिय भएका छन् । ऐतिहासिक, धार्मिक, तथा पर्यटकीय जिल्ला गोरखाको पर्यटन विकास गर्न गोरखा पर्यटन, जिल्ला पर्यटन विकास समिति, गोरखा उद्योग वाणिज्य संघ, सेभेनसिर्स्र्टसको सँस्था एड्भेञ्चर ग्रामीण पर्यटन विकास केन्द्र, इत्यादि जर्ुर्मुराएका छन् ।

सबै संघसँस्थाले आ-आफ्नो ठाउँबाट अहम भूमिका निर्वाह गरिरहेका छन् । गोरखाको गोरखकाली मन्दिर, गोरखा दरबार र मनकामना मन्दिर देश तथा विदेशमा प्रसिद्ध छ । शैक्षिक, धार्मिक तथा अन्य भ्रमण गरेर गोरखामा बाषिर्क लाखौँ पर्यटक भित्रिन्छन् । त्यसैले गोरखामा पर्यटन विकासको प्रचुर सम्भावना छ ।

पछिल्लो चरणमा उत्तरी गोरखाको आठ गाविसमा पर्यटन पर््रबर्द्धन गर्न धार्चेमनास्लु पर्यटन विकास समिति सक्रिय बनेको छ । ती आठ गाविसलाई तल्लो मनास्लु क्षेत्रकोको रुपमा स्थापित गरी पर्यटन विकास गर्न समिति लागि परेको हो । उनीहरुको होस्टेमा हैसे गर्न जिल्लास्थित सबै राजनीतिक दल, उद्योगीब्यापारी तथा नागरिक समाज तयार भएका छन् ।

र्
पर्यटन बर्षरिमा राज्यले भित्र्याउने पर्यटक मध्य २५ प्रतिशत पर्यटक जिल्ला भित्र्याउने लक्ष्य गोरखाले राखेको छ । सेभेनसिर्स्र्टस समूहले बारपाक गाउँलाई पर्यटन गाउँ घोषणा गर्ने तयारी गरिरहेको छ भने धार्चे मनास्लु पर्यटन विकास समितिले तल्लो मनास्लु क्षेत्रमा नयाँ पदमार्गको सम्भाब्यता अध्ययन गर्न बिभिन्न कार्यक्रमहरु गरिरहेको छ । सो क्षेत्रको नयाँ पदमार्ग निर्माण र प्रचारप्रंसार गर्न समितिले फागुन १५ देखी २२ सम्मको सातदिने धार्चे मनास्लु मार्गमा पदयात्रा भर्खरै सम्पन्न गरेको छ । पदयात्रामा समितिका सदस्यहरु, पर्यटनविद, पत्रकार, जिल्लास्थित राजनीतिकदलका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षाकर्मी, लगायतको सहभागीता रहेको थियो ।

समूहले गोरखाको पाँचखुवा देउराली, स्वाँरा सौरपानी, लापु, गुम्दा, लाप्राक, वारपाक र उहिया गाविसका बिभिन्न स्थलहरुको भ्रमण गरी फर्केको छ । सदरमुकाम फर्के लगत्तै समितिले पत्रकार सम्मेलन गरी सो क्षेत्रमा रहेका पर्यटकीय स्थलहरु, दुरी, सो क्षेत्रको आर्थिकस्तरमा पर्यटन उद्योगले पार्ने प्रभाव, त्यसको महत्व, यात्रा गर्दा लाग्ने समय, बास बस्ने स्थान, निर्माण गर्नुपर्ने पर्ूवाधारहरु लगायतको अनुमानित तथ्याङ्कहरु र्सार्बजनिक गरेको थियो ।

नेपाल सरकारले दश लाख पर्यटक भित्र्याउने लक्ष्य बोकी सन् २०११ लाई नेपाल भ्रमण वर्षो रुपमा मनाउन लागेको छ । यसै अभियानलाई मद्दत गर्दै पर्यटन विकास समितिले गोरखामा पनि पर्यटन विकासका लागि नयाँ पर्यटकीय गन्तब्यको खोजी गर्नुपर्ने आवश्यकता देखेर पदयात्राको आयोजना गरेका हो । पर्यटनको उच्च सम्भावना भएर पनि हालसम्म प्रचार-प्रसार र यथेष्ट पर्यटक भित्र्याएर उनीहरुबाट लाभ लिन नसकेका ती क्षेत्रको बारेमा सबैमा अबगत गराउने समितिले अठोट गरेको छ । यस अवस्थामा सो क्षेत्रको पदयात्राबाट गोरखामा असिमित पर्यटकीय सम्भावनाको बाटो खुला भएको पदयात्रामा सहभागीहरुको ठहर छ ।

पदयात्रामा सहभागी समितिका पदाधिकारीहरु, पर्यटन ब्यवसायी, पत्रकार, सरकारी कर्मचारीहरुको टोलीले सो क्षेत्र तथा मार्ग पर्यटकीय महत्वले भरिपर्ूण्ा रहेको निष्कर्षनिकालेको छ । जसका लागि सरोकारवाला निकायको समन्वयमा सो क्षेत्रमा केही पर्ूवाधार विकास र स्थानीयवासिन्दालाई जागरुक बनाउन आबश्यक छ ।

त्यस भेगका पर्यटकीय अखण्ड सम्पदाहरु

साँस्कृतिक :

कुनै पनि देशको पहिचान त्यहाँको मौलिक साँस्कृतिक परम्परा हो । गोरखाको मध्यउत्तरी क्षेत्रमा रहेका गुरुङ, घलेहरुको नेपालमै अलग रहेको मौलिक भाषा छ । त्यस्तै उनीहरुमा असीमित जातीय सास्कृतिक परम्पराहरु पाइन्छ । जसका उदाहरण पाँचखुवा देउराली गाविसको मुलाबारीका महिला समूहले पर्यटकलाई गर्ने स्वागतको शैली, साँस्कृतिक झाँकीहरु, स्वाँरा गाविस ठोठ्नेरी गाउँको मारुनी नाच, घाटु नाच, लाहुरे नाच, लापुको घाटु नाच, मारुनी नाच, परम्परागत भेषभुषा, गुम्दाको स्थानीय गुरुङ सँस्कृति, लाप्राकको घाटु, त्योमो, झाँक्री नाच, लामा नाच, मकै विवाह, तुक्लुङ, वारपाकको ठाडो भाका, दम्चे, लम्स्यो, दुङ्लुङ्, मनेटङ्, र्‍याम्ब्रे आदि हुन् । फरक फरक ठाउँमा देखाइने फरक विशेषता सहितको संस्कृति पनि यस क्षेत्रको पहिचान हो ।

बहुमूल्य जडीबुटी, पंक्षी तथा बन्यजन्तु :

सो क्षेत्रमा बहुमूल्य जडिवुटी तथा लोपोन्मुख वन्यजन्तुको अखण्ड भण्डार रहेको छ । जुन जडिवुटी, वोटविरुवा, पन्छी र वन्यजन्तुका कारण पर्यटक भित्र्याउन सकिने कुरा निर्बिबाद छ । सो क्षेत्रमा पाइने नेपालकै दर्ुलभ मानिने मुलावारीदेखि न्याउलर्ीखर्क क्षेत्रका पखनेभित्ता-पाखनभेद), कुरिलो, बनतरुल, सिमल तरुल, अम्रिसो, अमला, चील, गिद्ध कालिज, कोइली, वन विरालो, स्याल, वाघ, सुन्तला, मेवा, केरा, कागती, ज्यामिर भोगटे, धार्चे लेक देखि लापुक्षेत्रका लालीगुराँस, चिराइतो, कुट्की, निगाला, गोब्रे सल्ला, लौठ सल्ला, लोक्ता, पञ्चल, टिमुर, झयाउ, सुनाखरी, चिल्मे, डाँफे, मुनाल, कल्चौडा, पिकरा, लामपुच्छ्रे, चाचा, मृग, घोरल, बाघ भालु, मलसाँप्रा, बनमान्छे गुम्दादेखि वारपाक क्षेत्रका लालीगुराँस, लगायतका बहुमूल्य जडिबुटी र जीवजन्तुहरु पाउन सकिन्छ ।

मनोरम प्राकृतिक दृष्य :

नेपालका आठहजार मिटर भन्दा अग्ला आठ हिमालमध्य मनास्लु हिमाल गोरखामा रहेको छ । बाषिर्क दर्ुइहजार विदेशी पर्यटकले यसको भ्रमण गर्छन् । त्यस्तै तीनमहिनासम्म हिउँ रहिरहने तीनहजार दर्ुइसय ४५ मिटर अग्लो धार्चे डाँडा पनि यहीँ छ । तल्लो मनास्लु क्षेत्रको केन्द्रबिन्दू धार्चेडाँडाबाट देखिने मनासलु ‘क’ -८,१६३ मि.) वुद्ध -६,७७०मि.) अन्नपर्ुण्ा ‘ख’ -७,९३७ मि) गणेश हिमाल ‘क’,’ख’,’ग’ रुपीनाला, श्रृङ्गी, लार्केपिक, मनासलु ‘ख’, ‘ग’, हिमचुली, लाङटाङ पिक २९, कङ्गारु, लमजुङ हिमाल, हिमालचुली, माछापुच्छ्रे, धौलागिरी लगायतका हिमालहरु र गोरखाका तल्लो क्षेत्रका अधिकांश भुभागका साथै काठमाण्डौँको धार्के, छिम्केश्वरी, बन्दीपुर, लमजुङ र चितवनका भुभागहरु पनि देख्न सकिन्छ । साथै यस भेगमा रहेका भेडीगोठ, भैँसीगोठ, खर्क, पनि कम्ती मनमोहक छैनन् । धार्चेडाँडा, ओलाजुङ्ग, फुज्युडाँडा, सम्लेडाँडा, सुइनेडाँडा, न्याउली खर्क, सीतागुफा, सुलीकोट, रुपाकोट लगायतका ठाउँको सौर्न्दर्य यस क्षेत्रका बिर्सन नसकिने ठाउँहरु हुन् ।

एड्भेन्चर :

साहसिक पर्यटनका सौखिनहरुकालागि पनि यो पदमार्ग उपयोगी छ । साहसिक पर्यटकका लागि चाहिने उकालो, ओरालो, भीर-पहरा, पहाड, खोला-खोल्सी, कुना-कन्दरा यो बाटोमा प्रसस्त छन् । पहाडको कुना र गुफामा बासबस्न चाहनेलाई पनि यो ठाउँ उपयुक्त छ ।

तल्लो मनास्लुको पदयात्रालाई सात दिन

गोरखा सदरमुकामबाट बस यात्राबाट पहिलो दिनमा पाँचखुवा देउरालीसम्म पुग्न सकिन्छ । सोही गाविस वडा नंबर ८ स्थित मुलाबारीको बास अति उत्तम छ । त्यहाँको अतिथि सत्कार र स्थानीय कलासँस्कृति सबैका लागि अबिस्मरणीय रहनेछ । दोस्रो दिनमा पाँचखुवा देउराली गाविसस्थित ग्याजीको तामाखानी, स्वाँराको सुलीकोट, रुपाकोट, सीता गुफा अवलोकन गरेर सौरपानीको पर्यटकीय सौर्न्दर्य हर्ेन पुगिन्छ । सबै हर्ेन लायक रहेको यस क्षेत्रको अझै राम्रो र बस्नयोग्य गाउँ ठोट्नेरी हो । गुरुङ्ग जातिको बाहुल्य रहेको यहाँको मौलिक सँस्कृति अवलोकनीय छ । यहाँको गुरुङ समुदायको मारुनी, घाटु, लाहुरे नाच लगायतका कला र संस्कृतिले अर्को एक दिन भुलाउँछ ।

यहाँबाट यस क्षेत्रको आकर्षाको रुपमा रहेको स्वाँराको माथिल्लो क्षेत्रको वन र वन्यजन्तुको अवलोकन गर्दै तीन हजार दर्ुइ सय ४५ मिटर अग्लो उचाइको धार्चे लेकमा पुग्न सकिन्छ । तीन महिनासम्म हिउँ जम्ने यो डाँडाको समथर ठाउँ प्राकृतिक दृष्यमा रम्नेलाई र्स्वर्गको टुक्रा सरह छ । यहाँबाट माछापुच्छे्र र अन्नपर्ुण्ा हिम श्रृङखलाका साथै दर्जन भन्दा बढी अन्य हिमाटाकुराहरु देख्न सकिन्छ । साथै हिउँखेल्न चाहनेलाई पनि यहाँ यसको सुविधा उपलब्ध छ । धार्चे लेकमा रमेर लापु गाविसको लापु गाउँमा बासबस्न पुगिन्छ । यहाँ स्थानीय घाटु, मारुनी लगायतका संस्कृतिक स्वाद पाइन्छ । यसको भोलिपल्ट लापु गाविसको भीरकुना, खानीगाउँ लगायतका पर्यटकीय क्षेत्रको अवलोकनपछि गुम्दा गाविस प्रवेश गर्न सकिन्छ ।

गुम्दा नेपाल सरकारले नमुना गाउँ घोषणा गरेको गाउँ हो । सो गाउँको अवलोकनपछि सोही दिन लाप्राकमा बासबस्न पुगिन्छ । लाप्राक एकगाविस एक गाउँ भएको गाविस हो । लाप्राकको सतीघाँटु, बाह्रमासे घाँटु, त्योमो, झाँक्री नाच, लगायतका परम्परागत नाचहरुको अवलोकन गरेर बास बस्न पाइन्छ ।

लाप्राकवाट फज्यु डाँडा हुदै बारपाक पुगिन्छ । बारपाक नेपालकै सुन्दर गाउँहरु मध्यको एक हो । एकैठाउँमा छ वटा वडा रहेको र एकै थलोमा १२ सय धुरी रहेको बारपाकमा सेभेनसिर्स्र्टसले होमस्टेको अभ्यास गरिरहेका छन् । सुन्दर बुद्ध हिमालको सामुन्ने रहेको हिमालीगाउँ बारपाक पुगेपछि सबै थकाइ र पीडा गायब हुन्छ । घरैपिच्छे धारा र चर्पी भएको यो गाउँ खुल्ला दिसापिसाब र लोडसेडिङ्गमुक्त गाउँ हो ।

अधिकांश प्रौढहरु ब्रिटिश र भारतीय भूपू सेना तथा अधिकांश युवाहरु सोही सेनामा कार्यरत रहेको सम्पन्न गाउँ हो बारपाक । यहाँको होमस्टे, स्थानीय कला संस्कृति अवलोकनपछि यहीँबाट मोटर चढेर सातौ दिन गोरखा सदरमुकाम पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *