बडादसैँको राग मालश्री,रामशरण दर्नाल

बडादसैँको राग मालश्री,रामशरण दर्नाल

 

दसैँको शारदीय र सुरम्य ऋतुमा मात्र होइन, चैतको सानो दसैँमा समेत नेपाली जनमानसले हर्ष उल्लाससाथ दसैँ पर्व मनाउँछन् । बडादसैँको आगमनअघि नै दसैँ पर्व मनाउने तयारी हुन थाल्छन् ।

 

दसैँको घटस्थापनादेखि नै जनजीवनमा हर्षोल्लास छाउन थाल्दछ । घटस्थापनाको छैटौँ दिन बाजागाजासहित मालश्री गाउँदै फूलपाती भित्र्याइन्छ । आठौँ दिन महाष्टमीमा देवी भगवतीको विशेष पूजाआराधना गरी मनाइन्छ । नवौँ दिन देवी दुर्गालाई बलि चढाएर विशेषरूपमा पूजापाठ गरिन्छ । दसौँ दिन मुख्य भएकोले मान्यवरहरूका हातबाट टीका र जमरा लगाइदिने र वरिष्ठहरूबाट टीका, फूल र अक्षताको टीका प्रसादस्वरूप लगाइन्छ । यस अवसरमा देशभरिका शक्तिपीठहरूमा धूमधाम रमाइलो गरी दसैँ मनाइन्छ । बाजागाजासहित गीत गाएर नाचिन्छ ।

 

वर्षभरिको कष्टमय जीवनमा अलिकति भए पनि हर्षोल्लाससहित रमाइलो गरिन्छ । घरघरको पूजाकोठा वा दसैँका जमरा राख्ने कोठामा शङ्ख, घण्टा र डमरु बज्न थाल्छन् । चण्डीपाठ र मङ्गलस्तुतिले घरमा रमाइलो छाएको हुन्छ । अघिपछि नबज्ने डमरु दसैँमा मात्र बज्दछन् । नवरात्रभर डमरु बज्दछन् । देवीको पि्रय वाद्यमा डमरु र घण्टा पनि प्रमुख मानिन्छ । त्यसैले देवी महिषासुर मर्दिनीका आयुधमध्ये प्रमुख आयुधमा डमरु र घण्टा मुख्य मानिएको कुरा देवीका प्रस्तर मूर्तिहरूबाट थाहा पाइन्छ ।

चैत महिनामा पर्ने दसैँलाई सानो दसैँ भनिन्छ । यसमा पनि दसैँको जस्तै पूजापाठ, चण्डीपाठ, बाजागाजा बज्ने गर्छन् । नेपाली चाडपर्वमा चैते दसैँको पनि मह?वपूर्ण स्थान रहेको छ । नेपालभरिमा चैते दसैँ विभिन्न ठाउँमा मनाइने गरिन्छ । तीमध्ये बागलुङको देवीस्थानमा मनाइने चैते दसैँको आ?नै विशेष स्थान रहेको छ । देवीस्थानमा रातभर नाचगान र वाद्यवादन घन्किरहन्छन् । मेलामा गोलो, तीनमुखे र चारपाटे, डम्फु बेच्ने गरिन्छ । डोकोभरि माटाका डमरु पनि बिक्री गरिएको देख्न पाइन्छ । यस अवसरमा लोकबाजा, पञ्चैबाजा, नौमतीबाजा र अनेकौँ प्रकारका भाका र लोकगीत सुन्न पाइन्छ । अनेकौँ प्रकारका नाच पनि नाचिएको देख्न सकिन्छ । गाउँगाउँ र जिल्ला-जिल्लाबाट आएका लावालस्कर र पूजा सामग्रीहरूले सिँगारिएका रङ्गीचङ्गी झाँकीले दर्शकलाई मन्त्रमुग्ध पार्दछन् । लोकसङ्गीत सङ्कलनका लागि यो सुवर्ण अवसर हुनसक्छ । धेरै ठाउँबाट यहाँ मेला भर्न जनसमुदायहरू आउने भएकोले लोकगीत, लोकबाजा र लोकनाच मात्र होइन, यहाँ त लोकसंस्कृतिकै प्रत्यक्ष दर्शन पाउन सकिन्छ ।

दसैँमा बज्ने बाजाहरू प्राचीनकालदेखि आजसम्म पनि धार्मिक अनुष्ठानका अवसरमा बज्ने गरेका छन् । तीमध्ये धादिङ र गोरखामा बज्ने नगरा -दुन्दुभि)लाई पनि उदाहरण मान्न सकिन्छ । नेपालका देवी मन्दिर -शक्तिपीठ)हरूमा आज पनि प्राचीनकालदेखि हालसम्म बज्दै आएका छन् । गोरखाकाली मन्दिर र ज्यामरुङका देवी मन्दिरमा भेरी -कर्नाल), ढोपबाना -सुसीर बाजा तामाको), बिजुलीबाना -नागफेरी) आज पनि बज्दैछन् । सामान्यरूपमा शक्तिपीठहरूमा दुन्दुभि -नगरा) सबै मन्दिरमा बज्ने गरेका छन् । काठमाडौँ, भक्तपुर र ललितपुरका प्राचीन दरबारहरूमा सङ्गीत र संस्कृतिका प्रतीक विशाल नगरा -दम नगरा, देव नगरा) र विशाल घण्टा देवीको उपासना र पूजाका अवसरमा बिहान-बेलुका बजाइने परम्परा छ ।

राजधानीका तीनै सहरमा मात्र होइन, अन्यत्र पनि नगरा र घण्टा बजाइन्छ । देवीको पि्रय वाद्यमा नगरा, डमरु, शङ्ख र घण्टा सबै मन्दिरमा श्रद्धालुहरूले चढाएका हुन्छन् ।

देव मन्दिरकै प्राङ्गणदेखि विकसित भएर सामाजिक मङ्गलकार्यमा प्रयोग हुन पुगेको छ । मन्दिरकै प्राचीन वाद्यहरूबाट नगराबाजा, पञ्चैबाजा, नौमतीबाजा र पञ्चेबाजा -जोगीबाजा) निर्माण भएको हो । उक्त परम्परागत वाद्ययन्त्रहरूबाटै मङ्गलउत्सवादिमा ती बाजाहरू बज्दै आएका छन् ।

पञ्चैबाजामा-नगराको स्थान दमाहाले लियो । घण्टाको स्थानमा झ्याला -झ्याम्टा)ले लियो । फुकेर बजाइने सहनै, ठोकेर बजाइने ढोलकी र ट्याम्को । यसरी सहनै, ढोलकी, दमाहा, झ्याली र ट्याम्को गरी पञ्चैबाजा समूह निर्माण भयो । नौमती बाजामा सहनै दमाहा थपेर नरसिङ्गा र कणर्ालसहित नौमतीबाजा समूह निर्माण भएको हो । देव मन्दिरहरूमा पञ्चेबाजा वा जोगीबाजा उपत्यकामा मात्र होइन, यस बाहिरका जिल्लाहरूमा समेत बज्ने गरेका छन् । कुशले -जोगी)हरूको यो वाद्य समूहमा मुहाली-दुई, नगरा एकजोर, ढोलक र मुजुरा -बमुचा) समूह रहेको हुन्छ । ती वाद्य समूहले पनि देवी मन्दिरहरूका नित्य पूजा र अन्य चाडबाडमा उत्साहसाथ भाग लिएका हुन्छन् । यहाँका सबै चाडपर्व, जात्रामात्रामा पञ्चेबाजा समूहले परम्परागत राग रागिनीका धुन बजाउने गरेका छन् । दसैँमा पञ्चेबाजाले पनि देवीको आराधनास्वरूप ‘राग मालश्री’ बजाउने गर्छन् ।

काठमाडौँका किसान -ज्यापूहरू)ले नवरात्रभर यहाँका तीर्थहरूमा बाँसुरी बजाउँदै समूहमा मिलेर बजाइ तीर्थ भर्ने गरेका छन् । राग मालश्रीलाई यसबेलाको मुख्य राग मानी अरू रागहरू पनि बजाएर तीर्थ परिक्रमा गर्दछन् ।

यस अवसरमा भजनगृहहरूमा नवरात्रभर दुर्गा भवानीको आराधनामा राग मालश्री गाउने गर्दछन् । बेलायतका सङ्गीतशास्त्री डा. क्यारोल टिङ्गीले गरेको गोरखाको अध्ययनअनुसार गोरखामा ठूलो दसैँमा नगराबाजा -नगरावादन)को मह?व दसैँमा बडो हर्षोल्लासका साथ मनाइन्छ । महाअष्टमीका दिन वा महानवमीका दिन नगरा र अन्य प्राचीन बाजाहरूको विधिवत् पूजा गरी बलि दिने चलन थियो । पहिले त राँगो नै बलि दिने प्रथा थियो । नगरा वानाको वादन गर्दा नगराले कति मुर्रा -गजा, खुट) हान्ने भन्ने निर्धारण गरिएको हुन्छ । यसअनुसार गोरखकालीलाई नौ देखि २७ पटक खुटहानी मुर्रा सलामीको रूपमा बजाइन्छ ।

बडादसैँमा अन्यत्रभन्दा गोरखामा बढी बाजा वाद्य समूहहरू रहने गरेका छन् । तीमध्ये सुसारे ब्याण्ड, मंगलिनी र कलशिनी समूहले दसैँको मुख्य राग मालश्री गाउँछन् । यस अवसरमा गन्धर्वहरूले पनि सारङ्गीसाथ मालश्री गाउँछन् । नगराबाजा त मुख्य नै भयो । पञ्चैबाजा पनि घन्कन थाल्छन् । नगराबाजामा दमाहाभन्दा ठूलो एक जोर नगरा र एकजोर गजा रहन्छ । यसबाहेकका प्राचीन बाजालाई पनि जोड्ने हो भने बडादसैँको उल्लासमय साङ्गीतिक झाँकी नै बन्न पुग्छ ।

दसैँको मालश्री धुन विभिन्न क्षेत्रमा विभिन्न किसिमले बजाउने गरेको पाइन्छ । राजधानी नजिकको छिमेकी जिल्ला धादिङको देवी मन्दिरमा बज्ने मालश्रीको आ?नै किसिमको मौलिकता रहेको छ । दसैँमा बज्ने मालश्री अन्यत्र बज्ने मालश्रीभन्दा फरक रहेको छ । यहाँको मालश्रीमा मुख्य तालबाजा ढोलकी बजाइँदैन । त्यसको सट्टा ‘नगरा’ दुन्दुभि बजाउने गरिएको छ । सुवि शाहद्वारा सङ्कलित धादिङको पञ्चैबाजाको धुन रेडियो नेपालबाट विजयदशमीभर बजाइन्थ्यो । केही वर्षदेखि सो मालश्री बजाउन छाडिएको छ । नेपाली सङ्गीतका यस्ता दुर्लभ कृतिहरूको संरक्षण र सम्बर्द्धनमा हामी सबैको ध्यान जानुपर्छ । संयोगवश म्युजिक नेपालले सानै रूपमा भए पनि यस्ता दुर्लभ राग, रागिनी र लोकभाकाको संरक्षण र संवर्द्धनमा चासो देखाएको छ । यसै लेखको लेखकको सङ्कलनमा रहेका केही मालश्री स्टाफ स्वरलिपीमा दिइएको छ ।

राग मालश्री

सङ्गीत-भाष्यकारअनुसार

राग मालश्रीको उत्पत्ति कल्याण थाँटबाट भएको हो । ऋषभ -रे) र धैतत -ध) यसका वर्जित स्वर हुन् । जाति-औडव, आरोहमा मध्यमको प्रयोग गायन समय साँझपख संवादी सामे हो । वादी च

आरोह- सारे गपगप नि सां

अवरोह-सां नि प र्भवग प ग सां

“कल्याण मेल संजाता मालश्री कच्यते वुधै ः ।

आरोह चावरोह ऽ पि रिधहीना तथौ डुवा ।।

पञ्चमाऽ भर्वद्वादी संवादी षड्ज इरितः ।

गानमस्या : समीचीनं सायंकाले मते सताम ।।

–श्रीपदवंधोपाध्याय)

हनुमन् मतअनुसार रागिनी मालश्रीलाई राग ‘श्री’ को पाँच रागिनीहरूमध्ये प्रथम रागिनीमा मालश्री मानिएको छ । आजकाल रागिनीलाई पनि रागै भन्ने चलन छ । यसैले मालश्री स्त्रीप्रधान रागिनी भनिए तापनि यसलाई ‘राग’ भन्नु उचित हुन्छ ।

नेपालमा मालश्रीको आ?नै अलग अस्तित्व रहेको छ । यस विषयमा कविकेशरी चित्तधर हृदयको बेग्लै धारणा छ । उहाँको विचारमा नेपालमा चलेका मालश्री काफी थाँटअन्तर्गत पर्दछ । यो थाँटबाट उत्पन्न ‘मालश्री’ मा सम्पूर्ण -सातैस्वर) लाग्छ । वादी र संवादी स्वर प र सामे रहेका छन् । नेपालको पहाडी भेकतिर मालश्री भनेर गाइने र बजाइने धुन अर्कै रागमा पर्दछन् । ती सब मालश्रीहरूको अध्ययन र अन्वेषण हुनु आवश्यक छ ।

नेपालमा चैतेदसैँ जसलाई सानो दसैँ पनि भन्दछन् । सानो दसैँमा पनि डमरुसहित मालश्री राग गाउने चलन छ तर मुख्यरूपमा ठूलो दसैँ वा बडादसैँमा नै मन खोलेर दसैँ चाड मनाइन्छन् । बडादसैँमा तीर्थ, व्रत, मन्दिरहरू र घरघरका पूजा कोठाहरू डमरु वादनका साथ मालश्रीका गीत र धुन घन्कन थाल्छन् । विशेषगरी घटस्थापनादेखि पूणिर्मासम्म मालश्री र डमरु घन्किरहेका हुन्छन् । नगराबाजा, पञ्चैबाजा, बाँसुरी खल, पञ्चबाजा, खिंबाजा, बभः आदि परम्परागत वाद्य धुनहरू देव मन्दिरहरूमा र पूजा कोठाहरूमा बजेको सुन्न सकिन्छ । काठमाडौँको बाँसुरी खलः र अरू समुदाय मिलेर नवरात्र मेला भर्न गाउँदै र बजाउँदै प्रत्येक दिन नदीको सङ्गीत भई तीर्थ भर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *