गाउँलाई सुनसान हुन नदिऔ

गाउँलाई सुनसान हुन नदिऔ

विनोद ढकाल
हिन्दु नेपालीहरुको महान चाड बडादशै मनाउन यसवर्ष अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि देशका बिभिन्न ठाउँमा वसोवास गर्ने र विदेशमा वस्ने गोरखालीहरु गाउँ फर्के । यातायात ब्यवसायीहरुका अनुसार अघिल्ला वर्षहरु भन्दा यसवर्ष आउनेहरुको संख्या धेरै छ । वर्षदिनमा एकपटक आउने चाडबाडमा विदा मिलाएर घरमा आउने आफन्त साथीभाइहरुसंग भेटघाट रमाइलो गर्ने उद्देश्यले पनि मानिसहरु गाउँ आएका हुन् । दशैको केही दिन भएपनि मानिसहरु गाउँ आएकाले गाउँको मुहार नै बदलिएको भान भएको थियो । प्राय सुनसान हुने गाउँघर २/४ दिन भएपनि रमाइलो भएको थियो । दशै मनाउन आएका युवाहरुले गाउँका वाटो वरपरका झाडीहरु फाँडेर चिटिक्क बनाए पिङ हाले पाटि पौवा चौतारा कुवा धाराको सरसफाइ गरे । उनीहरुले गाउँलाई दुलही झै सिगारे ।
बिभिन्न पेशा ब्यवसाय र अध्ययनका लागि गाउँ बाहिर बस्दै आएका युवाहरु गाउँमा भेला भएको बेला बिभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने शुभकामना आदानप्रदान गर्ने र शन्देशमुलक कार्यक्रम गर्नु दिनचर्या नै बनेको थियो । तर दशै सकिएसंगै युवाहरु काममा फर्कन थाले गाउँहरु सुनसान हुन थाले युवाहरुले फाँडेका झाडीहरु फेरी बढ्न थाले पिङहरु फुकालिए फेरि गाउँ उस्तै भयो । त्यतिबेला न त्यो गाउँ त्यत्तिकै वस्न सक्छ न युवाहरुले सधै सिगारिरहन सक्छन् । अर्को वर्ष आउदा त्यस्तै कुरुप भइसक्छ ।
नेपालका अधिकांश गाउँहरुको नियती हो । गाउँमा बस्ने मानिसहरु नहुदा गाउँको विकास निर्माण चौपट भएको छ । गाउँको विकासका लागि सोच्ने मानिसहरु नै गाउँमा छैनन् । जसले गर्दा गाउँ विकास समितिमा सरकारले पठाएको अनुदानको रकम पनि सही सदुपयोग हुन सकेको छैन । विकास निर्माणको नाममा पैसा सिध्याउने काम मात्र भएका छन् । असन्तुलित रुपमा गाउँका विकास गर्न खोजिएको छ । पढाइ ब्यापार रोजगार र बैदेशिक रोजगारले सबै गाउँलाई गाँजेको छ । सबै घरमा केटाकेटी र बुढाबुढी मात्र छन् । केटाकेटीहरुलाई पनि राम्रो पढाइ र अन्य संभावनाका लागि पहुच हुनेहरुले गाउँमा राख्न छाडेका छन् । त्यसको ज्वलन्त उदाहरणको रुपमा शहरका निजी विद्यालयमा विद्यार्थीहरुको चाप अत्याधिक हुनु तर गाउँका विद्यालयमा विद्यार्थीको नयाँ भनाए दर वर्षेनी खस्कदै जानुलाई लिन सकिन्छ । गाउँको विकास निर्माणका चासो दिने कोही छैन दुइचार दिन चाड मनाउन आउनेहरुले गाउँमा बस्ने कल्पना पनि गर्न छाडे उनीहरु शहरमा नै रमाउन थाले । जसकारण गाउँका खेतवारी बाझिन थाले गाउघरका जमिनहरुमा उत्पादकत्व घट्न थालयो । खेती गर्ने मानिसहरु नहुदा जमिनमा पहिलेजस्तो उब्जाउ हुन छाडे । घरघरमा पालिने पशुको संख्यामा कटौती भयो जसको असर कृषिमा देखिन थाल्यो । गाउँमा गाइभैसी खसिबोका पाल्न छाडेपछि ती पशुहरुको भाउ गाउँदेखिनै आकाशिन थालेका छन् । गाउँघरमा पहिले घरघरमा पालिदे दुधालु भैसी विरलै भेटिन्छन् । श्रम गर्ने उमेरका मानिसहरु गाउँमा छैनन् त्यसैले गाउँहरु परनिर्भर बन्न थालेको छ । गाउँमा खेतवारी बाँझै राख्ने अनि दैनिक उपभोग्य वस्तुको लागि बाहिरबाट आउने चामलमा भर पर्ने चलन बढ्न थालेको छ । पहिले गाउँघरमा हरेक घरले आआफै खेती लगाउथे पशुपालन गर्थे आफ्नो परिवारलाई आवश्यक खाद्यान्न उत्पादन गर्न सक्थे । आजभोली गाउँका खेतवारीहरु विस्तारै बाँझो हुन थालेको छ ।
युवाहरु गाउँमा नवस्दा खेतीपाती पशुपालन जस्ता कामहरुमा आधुनिक प्रविधि भित्रिन । परम्परागत रुपमा गरिने खेती र पशुपालनले जीविकोपार्जन गर्न पनि गाह्रो परेको छ । त्यसमाथि पछिल्लो पुस्ताले कृषि पेशालाई कम चासो दिदा पनि यस्तो अवस्था आएको हो । युवाहरु कृषिपेशा भन्दा अन्य पेशाहरु तिर बढी आकर्षित हुन थालेका छन् । कृषि पेशा कम पढेका र गाउँ छाड्न नसक्नेहरुको पेशा बन्न पुगेको छ जसले गाउँलाई विस्तारै परनिर्भर बनाउदै लगेको छ ।
यतिवेला गोरखाका अधिकांश गाउँहरुमा सडक साजाल विस्तार भएको छ । त्यस्ता सडकमा दैनिकजसो सवारी साधनहरु आवतजावत गर्ने गरेको छ । तर ती गाउँबाट शहरमा विक्रीका लागि आउने बस्तु भन्दा गाउँका लागि शहरबाट जान थालेका छन् । गाउँलेले सडकको महत्वलाई गलत ढंगले बुझिरहेको भान हुन्छ । गाउँमा सवारी साधन पुगेपछि गाउँका उत्पादनलाई बजार ल्याउन त कठिनाइ भएको छैन तर ती वस्तुको उत्पादनमा ने कठिनाइ छ । गाउँलेहरुमा केही सामान किन्नुपरेमा वस चढेर सदरमुकाम आउने वानीको विकास भएको छ । समग्रमा भन्दा गाउँ आत्मनिर्भर हुनुबाट टाढा भाग्दै गएको छ । विस्तारै गाउँका जग्गाहरु बाँझिएर गाउँलेहरु खाद्यान्न किनेर खान थल्ने दिन नजिकिदै छ ।
नेपाल गाउँ नै गाउँले भरिएको देश भनिएपनि यतिबेला गाउँहरु खाली हुदै छन् भने शहरमा मानिसहरुको चाप अत्याधिक बढॆको छ । शहरमा मानिसको अत्याधिक चाप हुदा ती ठाउँमा खानेपानी समस्या प्रदुषण समस्या बढ्दै गएका छन् भने गाउँमा भएका श्रोत साधनको उपयोग गर्ने जनशक्ति पनि छैन । गाउँका खोलानालाका पानीहरु खेर गएका छन् । तीनिहरुको सही सदुपयोग हुन सकेको छैन । गाउँमा युवाहरु नहुदा त्यस्ता श्रोत साधनको उपयोगका लागि बिभिन्न निकायले गर्ने सहयोग समेत प्राप्त हुन सकेको छैन ।
युवाहरुले गाउँमा आफुहरुको ब्याक्तित्व विकासको संभावना नभएको माथिल्लो तहसम्म अध्ययन गर्ने शैक्षिक निकाय नभएको गाउँमा रोजगारको संभावना पनि नभएको जस्ता कारण देखाएर गाउँ छाड्ने गरेका छन् । गाउँमा रोजगारीको संभावना छैन भएपनि युवाहरुले आफ्नो ज्ञान सीप क्षमताको सही उपयोग हुने र श्रमको मुल्य पाउने गरी रोजगारीको अवसर पाउन सक्दैनन् । गाउँमा माथिल्लो तहसम्म अध्ययन गर्ने शैक्षिक संस्थाहरु छैनन् गाउँमा युवाहरुको ब्याक्तित्व विकासका कुनै संभावना छैनन् । गाउँमा वसेर रोजगारी वा आर्थिक आम्दानी गर्न सक्ने कुनै वाटोहरु छैनन् । कृषिमा आधुनिक प्रणाली भित्रिन नसक्दा जीविकोपार्जनका लागि मात्र उत्पादन हुने गरेको छ । गाउँमा गरिएका उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन भने वजारको सुनिश्चितता पनि छैन । जसले युवाहरु गाउँमा वस्न निरुत्साहित भएका छन् । गाउँमा वस्दा युवाहरु आफ्नो आत्मसम्मान गुमेको महशुस गर्छन् । जुन हाम्रो समाजले सिर्जना गरेको कुरति हो । गाउँमा वस्ने युवाले आफुलाई शहरमा वस्ने युवाभन्दा जहिले पनि निरीह महशुस गर्नुपर्ने अवस्था छ ।
युवाहरुलाई गाउँमा वस्ने वातावरण बनाउन सरकारले विचार पुर् याउनुपर्छ । गाउँका जग्गा जमिनको सही सदुपयोग गर्ने प्राकृतिक श्रोत साधनका सी सदुपयोग गर्न सक्ने हो भने गाउँमा वसेर धेरै फाइदा लिन सकिन्छ । सबै गाउँहरु सडक साजाल विस्तार भइसकेको अवस्थामा गाउँमा जुनसुकै ब्यवसाय गरेपनि बजारको समस्या भोग्नुपर्दैन । त्यसैले गाउँमा सुरु भएका विकासका कामहरुलाई तिब्र रुपमा बढाउनुपर्छ । युवाहरुलाई गाउँमा ब्यवसाय गर्न प्रोत्साहन गर्न कम ब्याजदरमा सरल ऋणको ब्यवस्थ्ाा गर्नुपर्छ । सरकारले कतिपय ठाउँमा कृषिजन्य उद्योगहरु साचालनमा ल्याएर पनि वजारको सुनिश्चितता गर्नुपर्छ । युवाहरुलाई कृषि पेशामा संलग्न गराउन कृषिमा ब्यवसायिकताको विकास गर्नुपर्छ । युवा किसानहरुलाइ समय समयमा तालिम गोष्ठी नयानयाँ प्रविधिबारे जानकारी गराउनुपर्छ । जसले गर्दा उसले ढुक्क भएर त्यो पेशा अंगाल्न सकने वतावरण बन्नुपर्छ । अन्यथा आजभोली दशै मनाउन मात्रै गाउँ आएका युवाहरु त्यसकै लागि मात्र पनि गाउँ आउन छाड्नेछन् । गाउँ र शहरवीचको दुरी बढ्दै जान्छ । गाउँहरु सधै पछाडी परिरहन्छन भने शहरले मानिसको चाप थेग्न नसक्ने अवस्था हुन्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *