दसैं र टीकाको महत्व

दसैं र टीकाको महत्व

दसैं आश्विन शुक्ल प्रतिपदा देखि शुरु भएपछि त्यस दिन राखेको जमरा विजयादशमी को दिन त्यो जमरा टीका लगाएपछि लगाईछ। दसैं विभिन्न धार्मिक ग्रन्थ अनुसार देवीलेमहिसासुरलाई मारेको सम्झनामा मनाउन थालिएको हो। कुनै-कुनै धार्मिक ग्रन्थहरुमा रामले रावणलाई मारेको दिनलाई विजयादशमीको रुपमा मनाईदै आएको कुरा पनि उल्लेख गरेको पाइन्छ जे भएपनि यस चाडलाई सत्यको असत्य माथिको विजयको रुपमा पनि लिईन्छ। यो चाडमा वर्ष भरीका काम र थकानलाई छाडेर रमाईलो गर्ने पर्वको
रुपमा हिन्दु धर्मावलम्वीहरु मनाउने गर्दछन। विजयादशमीको दिन ठूला मान्छेको हात बाट रातो रङको अक्षता लगाउने चलन छ। नौ दिन सम्म बिभिन्न कष्ट सहेर गरेको पूजाको आशिर्वादको रुपमा दसैंमा ठूलाबडाले दिएको आशिर्वादलाई लिईन्छ। अक्षता भनेको कहिल्यै नटुक्रीने मानिने हुनाले यो लगाउने चलन रहेको पाईन्छ। रातो रङलाई पराक्रमको रुपमा लिईने हुनाले यो लगाउदा सांसरिक शत्रुबाट मुक्ति पाईने धारणा छ। यति मात्र नभएर दसैको दिन पिङ खेल्ने र मिठो खाने कुराहरु खाने गरीन्छ।तर कसैलाई
भने दसैं एक बोझको रुपमा आउने गर्दछ। अरुले राम्रो लाएको, मिठो खाएको देखेर ऋण लिई दसैं मनाउने चलनले गर्दा यस्तो भएको हो। यो चाडको बेला कोही कोही वर्षको एक पटक आउने चाड भन्दै जुवा र तासमा रमाउने गर्दछन र थुप्रै पैसा गुमाउने गर्दछन। कोही कोही रक्सी खाएर हल्ला गर्दै हिडने, कराउने र अरुलाई असर पर्ने काम गर्नाले दसैंले कतै नराम्रा घटना पनि निम्त्याउने गर्दछ। दसैंलाई एउटा महान चाडको रुपमा लिई आफुले सके अनुसार खर्च गरी मनाएमा पकै पनि यो दसैं सबैको लागी सम्झन लाएकको हुनेछ। यो दसैंमा कसैले ” आयो दसैं ढोल बजाई गयो दसैं ऋण बोकाई” भन्नु नपरोस र कसैलाई दसैं एक दशा नबनोस।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *