गोरखामा जारी फुटवल मेलामा आज ५ खेल सम्पन्न

गोरखामा जारी फुटवल मेलामा आज ५ खेल सम्पन्न

गोरखा । गोरखाको दलभन्ज्याङमा जारी तेस्रो फुटवल मेलामा आज ५ खेल भएको छ । भेट्रान्स अन्तरगत ३ र १३ बर्ष मुनिका समुह अन्तरगत २ खेल भएको आयोजक द ओसन क्लबले जनाएको छ ।

आजको खेलबाट भेट्रान्स अन्तरगत बाराही युनाइटेड, लक्ष्मीबजार हर्ट क्लब र सिर्जनशिल दलित एकता समाज सेमिफाइनलमा पुगेका छन् । बाराही युनाइटेडले गोरखा वारीयरलाई ७- १, लक्ष्मीबजार हर्ट क्लबले सुर्योदय क्लब छेपेटारलाई ५ -३ र सिर्जनशिल दलित एकता समाजले गोरखा नगरपालिकालाई ४-० गोल अन्तरले पछि पार्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् ।

१३ बर्ष मुनिको समुह अन्तरगत दमौलीले ओसन क्लबलाई ४- ० गोल अन्तरले जितेर अगाडीको यात्रा तय गरेको छ । यस्तै, कुमारी काठमाण्डौंले सरस्वती मावि फिनामलाई ९ -२ ले जितेको छ । आज भेट्रान्स अन्तरगत सेमिफाइनलका दुई खेल हुने भनिएपछि पानी परेपछि खेल स्थगित भएको आयोजक द ओसन क्लबका अध्यक्ष अमित खत्रीले बताउनुभयो । उहाँका अनुसार स्थगित खेल भोली बिहान हुनेछ । भेट्रान्स सेमिफाइनलमा बाराही युनाइटेड र दलित एकता तथा लक्ष्मीबजार हर्ट क्लब र दमौलीबिच प्रतिस्पर्धा हुनेछ । १३ बर्ष मुनिको समहु अन्तरगत सेमिफाइनलमा महालक्ष्मी मावि र दमौली भिड्ने भएका छन् ।

भेट्रान्समा पहिलो र दोस्रो हुने टिमलाई खसी र प्रमाणपत्र पुरस्कार दिईनेछ । १३ बर्ष मुनिका खेलाडीबिच हुने प्रतियोगितामा विजेतालाई नगद १५ हजार र उप विजेतालाई ७ हजार पाचँ सय रुपैयाँका साथमा ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार दिईनेछ ।
यस्तै, ओसन क्लबबाट उत्कृष्ट फुटवल खेल्ने एकजनालाई ओसन बर्ष खेलाडी पुरस्कार, जिल्लाको फुटवल विकासमा योगदान पुर्याउने एक जनालाई लाइफ टाईम अचिभमेन्ट अर्वाड, १३ बर्ष मुनिको प्रतियोगितामा उत्कृष्ट खेल्नेलाई प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । ऐतिहासीक गोरखा गोर्खालीको पहिचान, फुटवल विकास गराउने हाम्रो अभियान भन्ने नाराका साथ ओसन टर्फमा भएको फुटवल मेला भोली नै सकिनेछ ।

स्रोत :choicefm.com

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *