ऋषिराम प्रधान

ऋषिराम प्रधान

ऋषिराम प्रधान

खेलकुद जगतमा वि सं २०३० सालमा प्रवेश गर्नुभएका ऋषिराम प्रधान एक प्रहरी पनि हुनुहुन्छ । हाल नयाँ बानेश्वरमा स्थायी बसोबास गर्दै आउनु भएका प्रधानको जन्म २०१३ असोज १४ गते गोरखाको ताप्ले वडा नं ५ मा चार दाजुभाई मध्येका माहिला छोराको रुममा बाबु हर्कमान श्रेष्ठ र आमा सन्त कुमारी श्रेष्ठका कोखबाट जन्म लिनु भएका प्रधानको गाँउघरमा बोलाइने नाम ऋखे रहेछ ।
भारताबाट जुडो रेफ्री सम्बन्धि इन्टरनेशनल प्रमाण प्रत्र लिनु भई अहिले नेपाल तथा अन्तराष्ट्रिय स्तरको रेफ्री हुनुहुन्छ साथै नेपाल केन्दिय डोजोमा तालिम पनि दिनु हुन्छ । उहाँ सन् १९८६ मा एशियन र सन् १९८८ मा ओलम्पिक गेममा पनि सहभागिता भइसक्नु भएको छ । यसैगरी अन्य विभिन्न चीन भारत जापान कोरिया सिरिया बंगलादेश कतार र बैंकक जस्ता राष्ट्रमा गएर आफ्नो कला क्षमता प्रस्तुत गरिसक्नु भएको छ ।
प्रधानका गुरु जापनिज आकिरा कानेको हुनुहुन्छ । उहाँले पदक जित्ने क्रममा स्वर्ण रजत कास्य सबै गरी तीन दर्जन भन्दा बढी मेडल संख्यामा हात पारिसक्नु भएको छ । आउँदो कार्तिक १३ गते मा काठमाण्डौंमा हुन गइरहेका ३५ बर्ष देखी ४५ बर्षको बीच र ४५ बर्ष भन्दा माथि उमेरका बीच हुने प्रतिस्पर्धामा उहुको ५३ बर्ष हुनुभएकोले ४५ बर्ष भन्दा माथिको उमेरमा सहभागिता रहेको बताउनु भयो । जुन भिडन्तलाई प्रधानले दर्शकको मनोराचनको लागि खेलिने जानकारी दिनुभयो ।

उहाँको सफलताको लागि हाम्रो गोरखा परिवार तथा गोरखालीहरुको शुभ कामना

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *