आज जनैपूर्णिमा

आज जनैपूर्णिमा

 

आज जनै पूर्णिमा देशभरका हिन्दुधर्मालम्बीहरुले मनाउँदैछन् ।

गोरखामा बिभिन्न शक्तिपिठहरुमा जनै सुद्ध गर्ने गरिन्छ । कोरोना प्रभावका गोरखा सदरमुकामको रानीपोखरीमा केही ब्यक्ती भेला भएर जनै मन्तरगर्ने गरेका छन् । त्यसरी सुद्ध बनाएको जनै फेर्ने र हातहातमा रक्षाबन्धन लगाउने प्रचलन छ ।

साउन शुक्ल पूर्णिमाका दिन आज चूूडाकर्म सम्पन्न गरेका आमतागाधारीले वैदिक मन्त्रोच्चारण गरिएको यज्ञोपवित अर्थात् रक्षासूूत्र धारण गरेर जनैपूर्णिमा चाड मनाउँदै छन् ।

चूूडाकर्म नगरेकाले पनि नाडीमा डोरो बाँध्ने चलन छ ।

जनैको ६ शिखालाई ब्रह्मा, विष्णु, महेश्वर र ज्ञान, कर्म, योगका रूपमा सनातन धर्मावलम्बीले मान्दै आएका छन् । निषेधाज्ञा प्रभावका कारण गोरखामा चलहपहल भने कम छ ।

जनैलाई ब्रह्म सूत्र वा ज्ञानको धागो मानिन्छ । राक्षसद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर संरक्षण गरेको पौराणिक कथा यो चाडसँग जोडिएको छ ।

वामन अवतार विष्णुले राजा बलीलाई मन्त्र साँधिएको डोरो बाँधेर वचनबद्ध गराएर तीनै लोक लिएको कथा पनि यो चाडसँग जोडिन्छ ।

यसै दिन सप्तऋषि काश्यप, अत्रि, गौतम, भारद्वाज जमदग्नी, वाशिष्ठ र विश्वमित्रलाई कुश, कालो तिल र जलले तर्पण दिइने भएकाले ऋषि तर्पणीका रूपमा पनि यो चाड मनाइँदै आएको छ ।

चाडको अघिल्लो दिन केश मुन्डन गरी टाउकोमा गोबर र तुलसी रोपिएको माटोले स्नान गरेर तागाधारीहरू एकछाके रहेका थिए ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *