गोरखाको आरुघाट गाउँपालिकाले एक सय जना बिपन्न महिलाहरुलाई बाख्रा बितरण गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ को कार्यक्रम अनुसार बिपन्न महिलाको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले बाख्रा बितरण गरिएको गाउँपालिकाका पशु शाखा प्रमुख इन्द्रहरी खनालले बताए ।
गाउँपालिका भित्रको हरेक वडाका १०÷१० जना महिलालाई एक सय वटा बाख्रा बितरण गरिएको हो । बुधवार वडा नम्बर ९ का १० जनालाई बाख्रा बितरण गरेसँगै सबैवडामा कार्यक्रम सकिएको खनालले बताए । बिपन्न महिलाहरुलाई बाख्रापालनबाट आर्थिक रुपमा सबल बनाउन यो कार्यक्रम संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।
वडा कार्यालयको सिफारिसका आधारमा बिपन्न किसान छनौट गरिएको थियो । यस अघि आरुघाट गाउँपालिकाले किसानलाई उन्नत जातको बोका, दुहुनो भैँसी पनि बितरण गरेको थियो ।साभारः दरौँदी दैनिक पत्रिका