गोरखामा ४० प्रतिशत रोपाई सकियो

गोरखामा ४० प्रतिशत रोपाई सकियो
आषिशकुमार भट्ट, गोरखा
गोरखामा ४० प्रतिशत रोपाई सकिएको कृषि ज्ञान केन्दले जनाएको छ । असार तेस्रो साता सम्म आाईपुग्दा अझै ६० प्रतिशत खेतमा धान रोप्न बाँकी रहेको ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले बताए ।
 
 
गोरखामा १२ हजार नौ सय २० हेक्टर खेतमा धान रोपिन्छ । ‘करिब ४० प्रतिशत खेतमा धान रोपिसकिएको छ’ कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले भने । गोरखाको दरौँदी फाँट, टाँरिफाँट, भुसुण्डेफाँट, ज्यादुलफाँट, दर्बुङफाँट, झ्याला फाँट लगायत ठाउँ धेरै धान उत्पादन हुने क्षेत्र हो ।
 
 
किसानका लागि यो सिजन मानो रोपेर मुरी उब्जाउने समय हो । गोरखा साना ठूला फाँटहरुमा अहिले खेत रोप्न किसानलाई भ्याइ नभ्याइ छ । असार महिना भित्र धेरैजसो खेतमा रोपाईँ सकिने उनले बताए । अहिले अधिकासं खेतमा मकै भाँच्न बाँकी रहेको र अबको एक साता भित्र रोपाई चल्ने उनले बताए ।
 
 
निरन्तर वर्षात भइरहेकाले रोपाई गर्न सिंचाईको समस्या नभएको कृषिका प्राविधिकहरु बताउँछन । गोरखाका फाँटहरुमा किसानले हाईब्रिड जातका धान लगाउने क्रम बढेको छ । च्याम्पियन, उर्वर, रामधान, सावित्री जातका धान अहिले किसानको रोजाईमा धेरै पर्ने गरेको छ । धेरै उत्पादन दिने, कम पानीमा फल्ने चाँडै पाक्ने धान किसानले लगाउन चाहने कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले बताए । बिगतमा जस्तो रसायनिक मलको पनि अभाव नभएको उनले बताए ।
 
 
धान उत्पादन बढे पनि क्षेत्रफल भने घटेको छ । । बाढी तथा पहिरोको कारण हाल धेरै ठाउँमा रहेका उब्जाउ जमीनहरु बगाएका छन् । ‘बाढी तथा पहिरोको विवरण मागिरहेको छौ, आइपुगेको छैन’ ज्ञान केन्द्रका प्रमुख अधिकारीले भने । माछा पोखरी निर्माण गर्ने, धान खेती हुने ठाउँमा घर बनाउने क्रम बढेकाले क्षेत्रफल घटेको हो । उन्नत जातको धान लगाउने, मल बिउ मात्रा मिलाएर राख्ने गरेकाले उत्पादनमा भने असर नपरेको उनले बताए ।
 
 
केहीवर्ष अघिसम्म ठूला फाँटहरुमा पनि गोरु लगाएर रोपाई गरिन्थ्यो । तर अहिले ट्याक्टर लगाउने किसान बढेका छन ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *