गोनपा ५ मा कुमाल समुहलाई भाँडा बितरण

गोनपा ५ मा कुमाल समुहलाई भाँडा बितरण

 

गोरखा नगरपालिका वडा नम्बर ५ बेनिखोला स्थित कुमाल समुहलाई भाँडा बितरण गरिएको छ । सामुयिक रुपमा गाउँमा भोज भतेर गर्दा चाडपर्वमा भाँडा नहुँदा समस्या भएपछि गोरखा नगरपालिकाले उनीहरुलाई भाँडा बितरण गरेको हो ।
उपप्रमुख सबल नेतृत्व बिकस कार्यक्रम अन्र्तगत गोरखा नगरपालिकाका उपमेयर बिनाकुमारी श्रेष्ठले समुहलाई शुक्रवार भाँडा हस्तान्तरण गरेकी हुन् । भाँडा हस्तान्तरण गर्दै उनले आफ्नो धर्म संस्कृती परम्परा अनुसारको पर्वमा खाना बनाउन खुवाउन सहज हुने बताईन ।

साथै उनले नगरपालिका भित्र अन्य वडाका समुहलाई पनि सहयोग गरिएको बताईन । कुमाल समुहको मागका आधारमा उक्त भाडा उपलब्ध गराइएको वडा नम्बर ५ का अध्यक्ष रामकुमार थापा मगरले बताए ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *