वडा नं ११ मा उत्कृष्ट काम गर्नेलाई सम्मान

वडा नं ११ मा उत्कृष्ट काम गर्नेलाई सम्मान

गोरखा नगरपालिका वडा नम्बर ११ ले वडामा उत्कृष्ट काम गर्ने ब्यक्ति तथा समुहलाई सम्मान गरेको छ ।
खेलाडी, असल बुहारी, समाजसेवी, मेलमिलापकर्ता, किसान, उपभोक्ता समिति, टोल समुह, जेष्ठ नागरिक लगायत उत्कृष्ट कार्य गर्ने ४० जनालाई सम्मान गरिएको वडा अध्यक्ष रामबहादुर खडकाले बताउनुभयो ।

वडा कार्यालयमा आज आयोजित कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले उत्ृकष्ट कार्य गर्नेलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नुभएको हो । उत्कृष्ट कार्य गर्नेको हौसला बढाउन र अरुलाई प्रेरणा मिलोस् भन्ने उद्देश्यले सम्मान गरिएको वडा अध्यक्ष खड्काले बताउनुभयो ।साभारः च्वाईस एफ एम

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *