श्रीमतीलाई मस्र्याङदी नदिमा फाल्ने च्याङलीका एक पुरुष पक्राउ

श्रीमतीलाई मस्र्याङदी नदिमा फाल्ने च्याङलीका एक पुरुष पक्राउ

गोरखा ।
आफ्नै श्रीमतीलाई मस्र्याङदी नदिमा फाल्ने च्याङलीका एक पुरुष पक्राउ परेका छन् ।
श्रीमतीलाई तन्नामा पोको पारी आज विहान नयाँपुलको झोलुङ्गे पुलबाट फाल्ने पालुङटार नगरपालिका वडा नं ७ च्याङलीका ४४ बर्षका रामबहादुर कामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

३६ बर्षकी सम्झना रेग्मीलाई आफ्नै श्रीमानले मस्र्याङदीमा फालेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

अस्थायी प्रहरी पोष्ट विरुवाटार र इलाका प्रहरी कार्यालय ठाँटीपोखरीको प्रहरी टोलीले घटनास्थल पुगेर कामीलाई नियन्त्रणमा लिएका डिएसपि प्रकाश दाहालले बताउनुभयो । प्रारम्भीक सोधपुछका क्रममा कामीले आफ्नो श्रीमतीको हिजो राती नै मृत्यु भएको र दाहसंस्कार गर्न एक्लैले सम्भव नभएकाले तन्नामा शव पोको पारी नदिमा बगाएको बताएका डिएसपि दाहालले जानकारी दिनुभयो ।
बेवारिसे जिवन विताउँदै आएका दुबैजना ६ महिनाअघि बिहे गरी नयाँपुल मुनिको ओढारमा सँगै बस्न थालेको खुलेको छ । प्रहरीको टोलीले सम्झनाको शव खोजी कार्य जारी राखेको छ । थप अनुसन्धानका लागि जिल्लाबाट प्रहरी निरीक्षकको टोली परिचालन गरेको डिएसपि दाहालले बताउनुभयो
सभार:choicefm.org

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *