पाइलट बिजय लामाले दिए गोरखाको ५२ घर परिवारलाई खाद्य सामाग्री

पाइलट बिजय लामाले दिए गोरखाको ५२ घर परिवारलाई खाद्य सामाग्री

गोरखा – पाइलट बिजय लामाले गोरखाको जुम्लेचौतारा क्षेत्रमा बसोबास गर्नेहरुलाई खाद्य सामाग्री बितरण गरेका छन् ।

शहिद लखन गाउँपालिका ५ जुम्लेचौतारा क्षेत्रका ५२ घर धुरीलाई पाइलट लामाले आइतबार खाद्य सामाग्री बिरण गरेको स्थानिय रमेश थापाले बताए ।

न्यानोपन सस्थाका सस्थापक अध्यक्ष समेत रहेका लामाले ५२ घर धुरीलाई चामल, दाल, तेल, नुन तथा स्वास्थ्य सामाग्रीहरु विरतण गरेका थिए ।

लामाले सोही अवशरमा उत्त स्थानमा रहेको स्वास्थ्य चौकिलाई १० थान पिपिई सेट र १ थान अक्सिजन कन्सनटेटर समेत प्रदान गरेका थिए ।
सभार :गोरखा समाचार

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *