खाध्यले गोरखामा पाँच प्रकारका चामल २० प्रतिशत छुटमा बिक्री थाल्यो (बिक्री मूल्य सहित)

सभार : दखाध्यले गोरखामा पाँच प्रकारका चामल २० प्रतिशत छुटमा बिक्री थाल्यो (बिक्री मूल्य सहित)रौँदी दैनिक पत्रिका

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले पाँच प्रकारका चामल २० प्रतिशत छुटमा बिक्री सुरु गरेको छ । सोना मन्सुली, स्टिम जिरा मसिनो, स्टिम सोना चामल, अरुवा मध्यम चामल र मकवानपुर चामल २० प्रतिशत छुटमा बिक्री सुरु गरिएको संस्थानका शाखा प्रमुख नबिन बस्नेतले बताए ।

‘प्रति परिवार एक बोरा सम्म उपलब्ध गराईन्छ’ उनले भने ‘छुटमा चामल लिनका लागि परिचय खुल्ने नागरिकता, सवारी चालक अनुमती पत्र, मतदाता परिचय पत्र,राहदानी लगायत कुनै एकको प्रतिलिपी आवश्यक पर्छ ।’ निषेधाज्ञा अवधीभर चामलमा २० प्रतिशत छुट दिएर बिक्री गरिने उनले बताए ।

नेपाल सरकारको बजेट घोषणा एवं कम्पनीको प्रधान कार्यालयको निर्देशन अनुसार जेठ २३ गतेदेखि छुटमा चामल बिक्री सुरु गरिएको उनले बताए ।

यस अघि ५१ रुपैयाँ ३० पैसा प्रतिकेजी पर्ने सोना मन्सुली चामलको मूल्य अहिले प्रतिकिलो ४१ रुपैयाँ चार पैसा छ । यो चामलको ३० केजीको प्रतिबोरा एक हजार दुई सय ३२ रुपैयाँ पर्छ । ६४ रुपैयाँ प्रतिकिलो रहेको स्टिम जिरा मसिनो चामल ५१ रुपैयाँ २० पैसामा बिक्री गरिने र १० केजीको प्रतिबोरा पाँच सय १२ रुपैयाँ रहेको शाखा प्रमुख बस्नेतले बताए ।

५४ रुपैयाँ प्रतिकिलो रहेको स्टिम सोना चामलको मूल्य अहिले ४३ रुपैयाँ २० पैसा कायम गरिएको छ भने २५ केजीको प्रतिबोरा एक हजार ८० रुपैयाँ तोकिएको छ ।

५१ रुपैयाँ प्रतिकिलो पर्ने अरुवा मध्यम चामल ४० रुपैयाँ ८० पैसामा बिक्री हुन्छ भने ३० केजीको प्रतिबोरा एक हजार दुई सय २४ पर्छ । ४९ रुपैयाँ प्रतिकिलोको मकवानपुर चामल ३९ रुपैयाँ २० पैसा र ३० केजीको प्रतिबोरा एक हजार एक सय ७६ रुपैयाँ पर्छ । कम्पनीले निषेधाज्ञा अवधी सम्म छुटमा चामल बिक्री गर्न निर्देशन दिएपछि जिल्लाबाट पनि बिक्री थालिएको बस्नेतले बताए ।

सभार : दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *