गोरखामा सवारी साधनले राखेका प्रेसर हर्न प्रहरीले हटाउन थाल्यो

गोरखामा सवारी साधनले राखेका प्रेसर हर्न प्रहरीले हटाउन थाल्यो

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले ठूला सवारी साधनले राखेका प्रेसर हर्न नियन्त्रणमा थालेको छ ।
प्रेसर हर्नको चर्को आवाजका कारण वजार क्षेत्रमा ध्वनी प्रदुषण बढेको गुनासो आएपछि हर्न झिक्न थालिएको ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले बताउनुभयो ।

मंगलवार ५० वटा सवारी साधनको हर्न नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । ४० वटा ट्रिपर र १० वटा ट्रकमा जडान गरिएको ८० थान प्रेसर हर्न नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

नागरिक अगुवाहरुले गोरखा वजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र बनाउनु पर्ने बताउँदै आएका छन् ।
सभार : choicefm.org

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *