डिभिजन बन कार्यालय गोरखाले निशुल्क बिरुवा बितरण गरिरहेको छ । गोरखा नगरपालिका १३ तीनकिलो र इलाका बन कार्यालय पालुङटारबाट करिब तीन लाख बिरुवा बितरण गरिने डिभिजन बन अधिकृत अशोककुमार श्रेष्ठले बताए ।
तीन किलो नर्शरीमा एक लाख ३० हजार बिरुवा मध्ये १० हजार बहुवर्षे छन् भने बाँकी अन्य बिरुवा छन् । धुपी, सिसौ, सल्ला, सिमल लगायतका रुख प्रजातीका बिरुवा बितरण भएको छ । साथै अम्बा, अमला, आँप, अमिली, कागती, लिची जस्ता फलफुल पनि बितरण गरिएको उनले बताए ।
अहिले तीन किलोमा रहेको नर्शरी र पालुङटार स्थित इलाका बन कार्यालयको नर्शरीबाट धमाधम बिरुवा बितरण भईरहेको छ ।
बिरुवा लिन किसानले निवेदन मात्र दिए हुन्छ । बिरुवा ढुवानी भने आफैँ गर्नुपर्छ । दुईचार वटा देखि आठ दश वटा बिरुवा लिन सहजै सकिन्छ । ब्यवशायीक रुपमा लिनका लागि भने बन कार्यालयले स्विकृत गर्नुपर्छ । धेरै लगाउन जग्गाको लालपुर्जाको प्रतिलिपी पेश गरेर बन डिभिजन कार्यालयमा निवेदन दिनुपर्ने सहायक बन अधिकृत महेश पौडेलले बताए ।साभारः दरौँदी दैनिक पत्रिका