छुवाछुत र दमन बिरुद्ध गोरखामा युवाहरुको प्रर्दशन

छुवाछुत र दमन बिरुद्ध गोरखामा युवाहरुको प्रर्दशन

छुवाछुत र दमन बिरुद्ध गोरखामा युवाहरुले सोमवार प्रर्दशन गरेका छन् ।

संयुक्त सचेत दलित अभियानकर्ता संघर्ष समिति गोरखाको आयोजनामा सदरमुकामको हरमटारी चोकदेखि जिल्ला प्रशासन कार्यालय परिसर सम्म सहभागीले छुवाछुत र दमन बिरुद्ध नाराबाजी गरेका थिए ।

पछिल्लो समय संचारकर्मी रुपा सुनालाई राजधानीमा कोठा खोज्ने क्रममा गरिएको बिभेद र भिमसेन थापा गाउँपालिका ७ मा पशु खोप लगाउन जाँदा गरिएको बिवेदनका घटनाले न्याय ब्यवस्थाका लागि राज्य नै उदाशिन देखिएको भन्दै समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए ।

अहिलेको परिवेशमा पनि दलित भन्दै बिभेद गर्ने, छुवाछुत गर्ने, जातिय आधारमा दमन गर्ने जस्ता जघन्य अपराध निरन्तर भईरहेकाले यस्ता कुप्रथाको अन्त्य गर्न बिरोध स्वरुप प्रर्दशन गरिएको सहभागी सुमित्रा मग्रातीले बताईन । प्रर्दशन पछि सहभागीले प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई ज्ञापन पत्र बुझाएका थिए ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *