कोलस्वाँराका कोरोना पीडितलाई तमु समाज मलेसियाबाट राहत प्रदान

कोलस्वाँराका कोरोना पीडितलाई तमु समाज मलेसियाबाट राहत प्रदान

 

कोरोना महामारी र त्यसबाट उत्पन्न समस्याका कारण पीडित बनेका गोरखाको बारपाक सुलीकोट गाउँपालिका ४ कोलस्वाँराबासीलाई तमु समाज मलेसियाले राहत सामग्री प्रदान गरेको छ ।

समाजका अध्यक्ष समीर गुरुङले सञ्चालन गरेको राहत संकलन अभियानबाट संकलित रकमबाट त्यहाँका २० घर परिबारलाई राहत सामग्री प्रदान गरिएको स्थानीय सलिना गुरुङले जानकारी दिइन् ।

२० घरधुरी रहेको कोलस्वाँराका ३६ जना कोरोना संक्रमित भएपछि गाउँ नै त्रासमा रहेका थिए । गुरुङ समुदायको मात्र बसोबास रहेको सो ठाउँ समस्याग्रस्त भएपछि मलेसियामा रहेका तमुहरुको साझा संस्था तमु समाज मलेसियाले आर्थिक संकलन गरी पठाएको स्थानीयस्तरमा समन्वय गरिरहेकी सलिना गुरुङले जानकारी दिइन् ।

 

सो रकमबाट २० घर परिबारलाई दाल, चामल, नून, तेल, अण्डा र साबुन वितरण गरिएको उनले बताइन् । सो राहत रकमबाट केही बचाएर गोरखा सदरमुकामस्थित बालमन्दिरमा रहेको अनाथ बालबालिकाका लागि राहत सामग्री वितरण गर्ने गुरुङले जानकारी दिइन् ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *