गोरखाको पालुङटारमा पानीको बिषयमा विवाद हुदा खन्ती प्रहार, २ जना घाईते

गोरखाको पालुङटारमा पानीको बिषयमा विवाद हुदा खन्ती प्रहार, २ जना घाईते

 

गोरखा – गोरखाको पालुङटारमा धाराको पानीको बिषयमा विवाद हुदा खन्ती प्रहार भएको छ । खन्तीले लागेर आमा छोरी घाईते भएका छन् ।

पालुङटार नगरपालिका १ आहाले भन्ने स्थानमा आइतबार बिहान ४ः३० बजेको समयमा धाराको खानेपानीको बिषयमा विवाद हुदा ५४ बर्षिय ईश्वर कुमालले सोही स्थानमा बस्ने४३ बर्षिया सितामाया कुमाल र २० बर्षिया छोरी सुस्मिता कुमाललाई खन्ती प्रहार गरेर घाईते भएका हुन् ।

घाईते आमा छोरी दुवैको अवस्था गंभिर भएकोले गोरखा अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाईएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव निरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले बताए ।

दुवै जनाको सघन उपचार कक्षमा उपचार भई रहेको र अहिले दुवै जना खतरा मुत्त रहेको पनि जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

खन्ती प्रहार गर्ने ईश्वर कुमाल गोरखा प्रहरी नियन्त्रण छन् ।साभारःगोरखा समाचार

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *