गोरखामा सवारी पासको दुरुपयोग गरी यात्रु ओसार्ने स्कारपियोलाई कारबाही

गोरखामा सवारी पासको दुरुपयोग गरी यात्रु ओसार्ने स्कारपियोलाई कारबाही

गोरखा

गोरखामा निषेधाज्ञाको उल्लघंन गर्दै यात्रु ओसार्ने सवारी साधनलाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट असार १२ गतेसम्म जारी भएको निषेधाज्ञा उल्लघंन गरी काठमाण्डौंबाट गोरखा यात्रु ओसार्ने दुई स्कारपियोलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

असार ८ गते काठमाण्डौंबाट गोरखा आउँदै गरेको पर्यटक ओसारपोसार गर्ने हरियो नम्बर प्लेटको बा १ य १४५६ नं को स्कारपियो र घ्याम्पेसालबाट यात्रु लिएर काठमाण्डौ  जाँदै गरेको बा १७ च २८९३ नं को स्कारपियोलाई नियन्त्रणमा लिई कारबाही गरिएको डिएसपी प्रकाश दाहालले बताउनुभयो ।
दुबै स्कारपियोले फेसबुकमा सूचना जारी यात्रु ओसारपोसार गरेका थिए । काठमाण्डौं जिल्ला प्रशासन कार्यालयबाट घर फर्कने प्रयोजनको पास लिएर आएका दुबै सवारी साधनले पासको दुरुपयोग गरी फर्किदा यात्रु लगेको पाईएको उहाँले बताउनुभयो । उनिहरुले यात्रुबाट जनही २ हजार रुपैयाँ भांडा असुलेको पनि पाईएको छ ।
प्रहरीले दुबै स्कारपियो र चालकद्धय नुवाकोटका सन्तोष पाण्डे र गोरखा बगुवाका सुनिल श्रेष्ठलाई नियन्त्रणमा लिएर कारबाहीका लागि प्रशासनमा पठाएको थियो । प्रशासनले कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार जनही दश हजार रुपैयाँ जरिवाना लिएर छाडेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।साभारः च्वाईस एफ एम

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *