गोरखामा पुस्तक पसल नखुल्दा विद्यार्थीले नयाँ कक्षाको किताब पाएनन्

गोरखामा पुस्तक पसल नखुल्दा विद्यार्थीले नयाँ कक्षाको किताब पाएनन्

 

गोरखाका विद्यालयहरुले विद्यार्थी भर्ना सुरु गरेका छन् । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेदेखि यस वर्षको शैक्षिक सत्र संचालन गर्ने निर्णय सहित परिपत्र गरेको थियो । गोरखामा विद्यालय भर्ना अभियान सुरु गर्न, सिकाई सहजिकरण गर्न स्थानीय तहहरुले आफु मातहतका विद्यालयलाई निर्देशन गरेका छन् । तर पुस्तक पसल नखुल्दा सिकाई सहजिकरण गर्न, विद्यार्थीलाई नयाँ कक्षामा पढाउन समस्या भएको गुनासो शिक्षकहरुको छ ।

गोरखामा नयाँ शैक्षिक सत्रका लागि किताब आईसकेको पुस्तक ब्यवशायीले बताएका छन् । पुस्तक आएपनि निषेधाज्ञामा पसल खुल्ला गर्न नपाईने भनिएकाले पसल बन्द गरिएको नेपाल प्ुस्तक तथा स्टेशनरी ब्यवशायी महासंघ गण्डकी प्रदेश सह सचिव प्रदिप खनालले बताए । विद्यालय भर्ना, बैकल्पिक सिकाई सुरु भएसँगै किताब पसल खोल्न दिनुपर्ने, गाउँगाउँमा विद्यालयमा वर्षात लागेपछि किताब ढुवानी गर्न समस्या हुने भएकाले ढुवानी सहज रुपमा गर्ने बतावरण बनाउनुपर्ने खनालले बताए ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *