बाढिपहिरोको जोखिम भएकाले सतर्कता अपनाऔंः गोरखा प्रशासन

गोरखा
लगातारको बर्षाका कारण बाढी पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ । प्रशासनले आज सार्वजनिक सूचना जारी गर्दै बाढिपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

जिल्लाका अधिकांस ठाउँमा बर्षा भैरहेकाले कमजोर भु धरातल भएका पहाडी भु भागमा पहिरो तथा नदीनाला आसपास बाढीको जोखिम रहेकाले त्यस्ता ठाउँमा नजान प्रशासनले जिल्लाबासीलाई आग्रह गरेको छ ।
कमजोर भु धरातल भएको र नदीनाला आसपास बसोबास गर्ने घरपरिवारलाई उच्च सतर्कता अपनाई जोखिम आकंलन गरी सुरक्षीत स्थानमा स्थानान्तरण हुन पनि आग्रह गरिएको छ ।
मौसमबिद्हरुले अबको ३ दिन लगातार पानी पर्ने बताएका छन् । लगातार पानी पर्दा बाढि पहिरोको जोखिम उच्च हुने भएकाले आबश्यक सतर्कता अपनाउन र कुनै समस्या परेमा स्थानिय पालिका वा सुरक्षा निकायमा सम्पर्क गर्न जिल्लाबासीलाई आग्रह गरिएको प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हर्कबहादुर रोकाले बताउनुभयो ।
सभार :choicefm.org

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *