गोरखा – गोरखाको श्रीनाथ मण्डलीलाई पहिलो पटक सवालाख रोट अर्पण गरिने भएको छ । श्री श्री गुरु गोरक्ष धाम सिद्वाश्रम केन्द्र गोरखाको आयोजनामा पहिलो पटक १ लाख २५ हजार रोट अर्पण गर्न लागिएको हो ।
सिरानचोक गाउँपालिका २ को श्रीनाथकोटमा रहेको ऐतिहासिक तथा धार्मिक श्रीनाथ मण्डलीलाई पहिलो पटक केन्द्रले सवालाख रोट अर्पण गर्न लागेको अध्यक्ष नवराज बस्नेतले बताए ।
गुरु गोरखनाथले बाल्यकालमा खेलेको स्थानको रुपमा परिचित तथा ईतिहासमा नै गुरु गोरखनाथको कृडा स्थल भनेर परिचित मण्डलीलाई पहिलो पटक सवालाख रोट अर्पण गर्न लागिएको केन्द्रका महासचिव दिनेश दानीले बताए ।
बुधबारबाट सुरु भएको उत्त कार्यक्रम २२ गते सम्म चल्ने छ । पहिलो दिन १२ हजार ९७४ वटा रोट तयार गरेर मण्डलीलाई अर्पण गरिएको श्री श्री गुरु गोरक्ष धाम सिद्वाश्रम केन्द्र गोरखाले जानकारी दिएको छ । रोट अर्पणमा १८ देखी २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
यहाँ पनि कोरोना माहामारीका कारण केन्द्रका बाहेक अन्य कोेही कसैलाई रोट अर्पण गर्न रोक लगाईएको छ । श्रद्वालुले भौतिक उपस्थिती जनाउन नपाए पनि केन्द्रले श्रद्वालुबाट आएको सहयोग स्विकार गर्ने जनाएको छ ।
पहिलो पटक आयोजना गरिएको यो कार्यक्रमले गोरखा दरर्बार र ऐतिहासिक सिरानचोक कोट बिच धार्मिक, साँस्कृतिक र ऐतिहासिक सम्वन्ध बलियो बनाउने सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए ।
किंमबदन्ती अनुसार परापूर्व कालमा एक जना जोगीले सिरानचोकमा मण्डली नामकी देवीको स्थापना गरेको र श्रीनाथ बाबाले दैनिक नृत्य पूजा गर्ने भएको कारण त्यसै बेला देखी श्रीनाथ मण्डली रहदै आएको प्रमाण फेला परेको अध्यक्ष गुरुङले जनानकारी दिए ।
तात्कालिन अवस्थामा सरकार–माओवादी द्वन्द हुनु पहिले माओवादीले पहिलो पटक सैन्य तालिम समेत लिएको स्थान श्रीनाथकोटलाई केही बर्ष देखी पालिकाले संरक्षणमा पहल गर्दै आएको छ ।
by: गोरखा समाचार