चौघेरा भवन

gorkha darbar

ऐतिहासिक गोरखा जिल्लामा रहेको चौघेरा भवन नेपाल सरकारको स्वामित्वमा रहेको छ । हाम्रो गोरखा जिल्लामा रहेको चौघेरा भवन नेपालकै महत्वपूर्ण सम्पदा हो । यो हाम्रो गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. १ गोरखा दरवारमा अवस्थित रहेको छ ।

गोरखाका राजा रुद्रशाहको शासनकाल भित्र कुनै समयमा यो भवन दरबार निर्माण भएको मानिन्छ । रुद्रशाहके वि.सं. १७२३ को सो दरबारभन्दा उत्तरपश्चिम पहारामा रहेको अभिलेखमा उनले हनुमान भज्याङबाट गोरखा दरबार जाने िसंढी निर्माण गराएको उल्लेख छ । यस आसपासमा रुद्रशाहले यो भवन बनाएका हुन सक्दछन् । यसरी यो चौधेरा भवन अठारौं शताब्दीको पूर्वार्धतिर बनेको देखिन्छ । २०५०-६० को दशकमा यसको जिर्णोद्धार भएको हो ।
यो विषेश महन्ववूर्ण बोकेको चौघेरा भवन हो किनभने यो भवन स्वयं कला वास्तुकलाको वेजोड नमूनाको रुपमा रहेको छ । यो दरबार भूईतला सहति २ तले छ र २ पाखे छाना छ । दाची अप्पा तेलिया इट्टाको प्रयोग गरी बनाइएको यो दरबारको बाहिर पूर्व र पश्चिम तर्फ १-१ वटा ढोका छन् । दरबारको बीचमा खुला चोक छ र चोकको दक्षिणतर्फ भवन नभई अग्लो पर्खाल लगाई केवल चोकमा जाने ढोका मात्र राखिएको छ । चोकतर्फ फर्किएका भागमा तीनैतिर टुडालमा लोखर्केका आकृति कुदिएका छन् । प्राय: सबै टुँडाल कलात्मक छन् । टुडालको माथिल्लो भागमा फूलबुट्टा लहरा बीचमा विभिन्न देवी देवता र तल्लो भागमा रतासम सम्बन्धी चित्र कुदिएका छन् । दरबारको तिनैतर्फ कलात्मक आँखी झ्याल छन् । ढोका र झ्यालका चौकोश र खापाहरुमा ड्यागन नाग र पशुपंक्षी आदिका विभिन्न चित्र कुिदंएका छन् । ढोका तल दायाँबायाँ द्वारपाल बनाइएका छन् ।

यस चौघेरा भवन भित्र धेरै महत्वपूर्ण वस्तुहर रहेको छन् । यसै गरी एक श्रीविद्या प्रस्तर हो । चौधेरा भवनको पूर्वतर्फ आँगनमा श्रीविद्याको प्रस्तर मन्दिर छ । यो मन्दिर वर्गाकार छ र प्रस्तरको गोलो शिखर स्वरुपको छाना छ । मन्दिर अगाडि छेऊमा प्रस्तरको कछुवा रहेको छ । चौधेरा भवनबाट केही तल हनुमान भज्याङ्ग वरपर यत्रतत्र छरिएका रहेका विभिन्न सांस्कृतिक सम्पदाहरु निम्न बमोजिम छन् । यसै गरी हनमानको मूर्ति हनुमान भायाङ्गमा ढोका सामुन्ने अगाडि पहारा मुनि छ । पश्चिम फर्किएको यो मूर्ति स्थानक मुद्रामा छ । हनुमानको मूर्ति भन्दा केही दक्षिणतर्फ चौतारोमा सरस्वतीको आसन मूर्ति छ । प्रस्तरमा निर्मित उक्त मूर्ति निकै कलात्मक छ । हनुमान भज्याङ्गको चौतारोमा सरस्वती मूर्ति भन्दा केहीमाथि शिवपरिवार फलक । यस हाम्रो गोरखा जिल्लामा रहेको चौधेरा भववमा महत्वपूर्ण जयदेव द्वितीयको अभिलेख पनि रहेको छ ।

 

हनुमान भायाङ्गमा शिवपरिवार फलकको बायाँतर्फ एउटा ठड्याएर राखिएको शिला फलक छ । यो लिच्छवीकालीन राजा जयदेव द्वितीयको अभिलेख हो । चण्डीस्थान हनुमान भायाङ्गबाट केही पूर्वतर्फको उकालो हिडेपछि पुगिन्छ । चौतारोको माथिल्लो भागमा कुनामा भगवती चण्डीको मूर्ति छ भने चौतारोको बीचमा एक शिवलिङ्ग छ । साथै चण्डिस्थान चौतारोबाट पूर्वतर्फ दिएकोमा पहरामाथि भगवान गोरखनाथको सिद्धपाईला पाइला मानिएका २ प्रस्तर रहेको छ । हुनमानको मूर्तिभन्दा केही पर उत्तरतर्फ फर्काएर पूरानो अभिलेख भएको कोरा ढुङ्गा राखिएको छ ।

चौधेरा भवनमा पुरापरम्परा केही नभएपनि वरिपरिका धर्मिक मन्दिर तथा मूर्तिहरुमा विभिन्न समयमा पूजा गरिन्छ । श्रीविद्यामा विहान दैनिक पूजा गरिन्छ । सरस्वतीमा श्रीपाचमीमा विशेष पूजा गरिन्छ । श्रावण महिनामा हनुमानलाई मकै चढाइने गरिन्छ । चण्डीपूर्णिमाको दिन भगवती चण्डीलाई बोकावली दिइन्छ । शिवरात्री र तिजपर्वमा शिवपरिवार फलकको पूजा गर्दछन् । यसै कारणले गर्दा नेपालको महत्वपूर्ण सम्पदा अन्र्तगत पदर्छ ।

 

नेपाल एकिकरण हुनु अघि गोरखाका राजपरिवारको पाहुनाघरको रुपमा प्रयोग हुन्थयो । हाल धार्मिक र ऐतिहासिक अवलोकन कार्यमा प्रयोग हुने गरेको पाइन्छ । यस चौधेरख भवनको सम्पूर्ण व्यवस्थापन नेपाल सरकारले गर्दै आएको छ । यसै कारणले गर्दा नेपालको महत्वपूर्ण सम्पदा अन्र्तगत पदर्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *