भीमसेन मन्दिर

भीमसेन मन्दिर

ऐतिहासिक गोरखामा धेरै महन्वपूर्ण सम्पदाहरु रहेको छ । यस मध्य गोरखा नगरपालिकाको वडा नं. १ ठूलो आँगनमा भीमसेन मन्दिर ऐक हो । यो मन्दिर कहिले कसले बनाएको हो भन्ने बारे ऐतिहासिक प्रमाण उपलब्ध छैन । तैपनि मन्दिरको मूलढोका बाहिर दायाँतर्फ भित्तामा रहेको वि.सं. १८३९ को शिलालेखमा गोरखा पोखरीथोकमा भीमसेन देवतालाई क्षेपु र तोरण नेवार व्यापारीका नेवारनीहरु मिली चढाएको कुरा उल्लेख गरिएबाट सो मिति भन्दा अगावै कुनै समयमा मन्दिर बनि सकेको संकेत मिल्दछ । यसरी अठारौं शताब्दी ताका मन्दिर निर्माण भएको हुन सक्ने प्रवल सम्भावना देखिन्छ । यसको जिर्णोद्धार पछिल्लोपटक २०४२/०४३ मा भएको हो । यस मन्दिरमा परम्परागत मौलिकता काष्ठकला बाहिरी आवरण रहेको छ जसले गर्दा यो मन्दिरको राम्रो पनि रहेको छ ।

 

यस मन्दिर भित्र भिमसेनको मूर्ति रहेको छ । मन्दिर नेपाली बहुछाने शैलीमा निर्मित छ । मन्दिर पूर्वाभिमुख २ तले छ । मन्दिरको छाना धातुको छ र शिरोभागमा धातुको गजूर छ । यस मन्दिरमा गारो इट्टाको छ । झ्याल ढोका काठका सादा किसिमका छन् । मन्दिरको मौलिक स्वरुप केही परिवर्तन भएको छ । यो मन्दिर १ तहको पेटीमाथि निर्माण गरिएको छ ।

यहाँ दैनिक पूजा हुन्छ । पूजाको लागि नेवार समुदायको गुठी सकि्रय छ ।

स्थानीय समुदाय मिली मन्दिरको पूजा पर्व र अन्य व्यवस्थापन गर्दै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *