भीम वीरेश्वर मन्दिर

गोरखा जिल्लाको महन्वपूर्ण सम्पदा मध्य एक भीम वीरश्वर मन्दिर गोरखा जिल्लाको नामजुङ गाविस वडा नं. ९ मा अवस्थित रहेको छ । भीमवीरेश्वर मन्दिरको प्राङ्गणमा रहेको शिलालेख अनुसार यो मन्दिर वि.सं. १८८८ मा जनरल भीमसेन थापाले स्थापना गराएको बुझिन्छ ।

यो मन्दिरको जिर्णोद्धारसम्बन्धी स्पष्ट विवरण उपलब्ध नभए पनि २०५८ सालमा मन्दिरको गुम्बज जिर्णोद्धार भएको जानकारी पाइन्छ । यहाँ हरेक वर्ष हरिबोधनी एकादशी र शिवरात्रीमा ठूलो मेला लाग्ने गर्दछ ।

यो मन्दिरको गर्भगृहमा एउटा शिवलिङ्ग छ । मन्दिर अष्टकोणाकार शिखर वास्तु शैलीमा बनेको छ । यसको उचाई २८.५” रहेको छ । मन्दिर बाहिर प्राङ्गणमा मान्द्रे ढुङ्गा छ । वि.सं. १८८८ को शिलालेखको शिर्ष भागमा उमामहेश्वरको मूर्ति कुिदंएको छ ।

मन्दिर बाहिर पेटीमा बनाइएका प्रस्तरका खम्बाको घण्ट झुण्ड्याउने ठाउँमा विभिन्न कलात्मक बुट्टा कुदिँएका छन् । यहाँ सरस्वतीको मूर्ति पनि छ । मूल प्रवेशद्धार दक्षिणतिर रहेको यस मन्दिरको चारैतर्फ ढोका रहेका छन् । ३ तहको पेटीमाथि मन्दिर निर्माण गरिएको छ । यस मन्दिरको पूर्व पश्चिम र दक्षिणतर्फ वरण्डासहितको १ नाले सत्तल र उत्तरतर्फ २ नाले सत्तल छ । उत्तरतर्फ अर्को लम्बाकार २ नाले सत्तल रहेको छ ।

(सुझाव: भीम वीरेश्वर मन्दिर र वरिपरी रहेका सत्तलहरुलाई मौलिक स्वरुपमा कुनै कमी नआउने गरी यथाशिघ्र जिर्णोद्धार गर्नुपर्ने र यस सम्पदाको संरक्षण र विकासमा स्थानीय समुदायको सकि्रय सहभागितामा अभिबृद्धि गर्दै लैजानु पर्ने देखिन्छ । भीमविरेश्वर मन्दिर र वरिपरि रहेका सत्तलहरु जीर्ण हुँदै गएका छन् । सत्तलहरु भत्किई यहाँ झाडी बढ्दै गइरहेको छ । )

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *