मुरलीधर नारायण मन्दिर, गोरखा

मुरलीधर नारायण मन्दिर, गोरखा

मुरलीधर नारायण मन्दिर
१. ठेगानाः गोरखा नगरपालिका वडा नं. १ पोखरीथोक
२. स्वामित्वः नेपाल सरकार, सार्वजनिक ।
३. ऐतिहासिकताः
ऐतिहासिक दृष्टिले यो मन्दिर निकै महत्वपूर्ण छ । गोरखाका राजा रामशाहले वि.सं. १६७१ मा मन्दिर स्थापना गरी यस मन्दिरको ढोकाको माथिल्लोभागमा बायाँतर्फ अभिलेख समेत राख्न लगाएका पाइन्छन् । रामशाहले जारी गरेको अहिलेसम्म प्राप्त पहिलो अभिलेख यही नै हो । गोरखामा प्रमाणिक तिथिमितिसहितको सबैभन्दा पुरानो वैष्णव मन्दिर हालसम्म यही नै देखिन आएको छ । यसरी मुरलीधर नारायण मन्दिर विक्रमको सत्रौं शताब्दीमा स्थापना भएको कुरा प्राप्त अभिलेखीय प्रमाणबाट पुष्टि हुन्छ । मन्दिर समय समयमा सामान्य जिर्णोद्धार हुँदै आएको छ ।

४. महत्वपूर्ण वस्तुः
क) कला/वास्तुकलाः यस मन्दिरको गर्भगृहमा बीचमा मुलरीधरण गरिरहेका विष्णु कृष्ण को मूर्ति छ । यसैले गर्दा मन्दिरको नाम पनि मुरलीधर नारायण रहन गएको हो । मुरलीधर नारायणको वरिपरि गणेश सूर्य शिव र देवीको मूर्ति रहेका छन् । यी सबै मूर्ति प्रस्तरका छन् । अरु मूर्तिभन्दा मुरलीधर नारायणको मूर्ति ठूलो छ । मन्दिरका ढोका र टुडांल र झ्याल समेत निकै कलात्मक छन् । यो पश्चिमाभिमुख छ । मन्दिर नेपाली बहुछाने शैलीमा निर्माण गरिएको छ । मन्दिरमा हाल २ तला छन् र धातुको छानो छ । मन्दिर निर्माणमा तेलीया इट्टा ढुङ्गा र काठको प्रयोग गरिएको छ । १ तहको पेटीमाथि मन्दिर निर्माण गरिएको छ र मन्दिर वरिपरि प्रदक्षिणापथ बनाइएको छ । धातुमा सुवर्ण मण्डित गजुर छ ।
ख) पूजा/परम्पराः यस मन्दिरमा बिहान बेलुका नित्य पूजा हुन्छ । र यस्तो पूजा सामान्य रुपमा धुप बत्ती बालेर गरिन्छ । एकादशी र औंशीमा भने शोङशोपचार विधिद्वारा पूजा गरिन्छ । भाद्रकृष्ण अष्टमीमा यहाँ जात्रा लाग्ने चलन छ । यहाँ स्थायी रुपमा पूजारीको व्यवस्था भने छैन । मन्दिरको नाममा गुठी जग्गा रहेपनि मन्दिरका लागि त्यसको आयस्ता प्रयाप्त हुन सकेको छैन ।
५. प्रयोगः धार्मिक

६. व्यवस्थापनः मन्दिरको लागि व्यवस्थापनको जिम्मेवारी तोकिएको कुनै व्यक्ति वा संस्था छैन ।
७. भौतिक अवस्थाः मन्दिर पुरानो भई जिर्ण हुँदै गएको छ । जीर्णोद्धार गरिनुपर्ने ।

८. अध्यताले देखेका अन्य विवरण र राय सुझावः मन्दिरको बिगि्रएको भाग खास गरी काष्ठ संरचना जिर्णोद्धार गर्नुपर्ने देखिन्छ । मन्दिर वरिपरिको पेटीमा ठाउँठाउँमा इट्टा हराएका छन् । तिनीहरुलाई पुन मिलाउन पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *