राधा बल्लभेश्वर मन्दिर, गोरखा

राधा बल्लभेश्वर मन्दिर

ऐतिहासिक गोरखा जिल्लाको गोरखा नगर पालिका २ धारापानी मा रहेको छ । १९औं शताब्दीमा निर्मित यो मन्दिर ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थान राख्दछ ।

 

शाह राजाका राज पुरोहित श्री राधा बल्लभ अर्याल निःसन्तान भएकोले आफ्नो जाय जेथाको केही जग्गा जमिन बेची मन्दिर निर्माण गरेको र बाँकी जग्गा जमिन सोही मन्दिरको संचालन तथा व्यवस्थापनको लागि गुठीको व्यवस्था गरेको राज भल्लभेश्वरको गुठीको अभिलेखबाट प्रमाणित हुन्छ । त्यस्तै मन्दिरमा भएको वि.सं. १८६९ को ढलौटको घण्टमा कुँदिएको अभिलेखको विवरणबाट पनि सो कुरा पुष्टी हुन्छ ।

यो मन्दिर गर्भगृहमा कालो प्रस्तरबाट निर्मित जलहरि सहितको नर्मदेश्वर शिवलिङ्ग स्थापना गरिएको छ । पााचायत विधिद्वारा स्थापित यो मन्दिर वरिपरि शिव गणेश सूर्य देवी विष्ाका प्रस्तर मूर्तिहरु हालसम्म देख्न पाइन्छ । अष्टभुजा सहितकी दक्षिणकाली अन्नपूर्ण कामदेवीको मूर्ति प्रस्तर कलाकारिताका उत्ष्कृष्ट नमूना छन् । वास्तुकलाको दृष्टिले महत्वपूर्ण मानिने यो मन्दिर द्धिवेदिका माथि वर्गाकार रुपमा तीन तले वहुछाने शैलीमा दचिआपा ढुङ्गा माटो काठ र िझंगटीको प्रयोग गरी दक्षिणाभिमुख बनाई निर्माण गरिएको छ । मन्दिरको छानामा धातुको गजूर पनि हालसम्म देख्न पाइन्छ ।

शिव पााचायनको पूजा विधान अनुसार षेडशोपचार पूजा गर्ने शिवरात्रीमा विशेष पूजा गरिने परम्परा हुँदै आएकोमा हाल सो परम्परामा व्यवधान उत्पन्न भई पूजा व्यवस्था सुचारु हुन नसकेको कुरा स्थानीय बुढापाका बुद्धिजीवि र भक्तहरु बताउँछन् ।

नेपाल सरकार मालपाते कार्यालयबाट पूजा संचालनको लागि वार्षिक रु.१५००/- दिदैं आएको पाइन्छ । त्यस्तै यो मन्दिरको संचालन तथा व्यवस्थापनका लागि प्रशस्त गुठी जग्गा भए तापनि यसबाट प्राप्त हुने उब्जनी तथा आएस्ताको सदुपयोग नभएको पाइयो ।

यो मन्दिरको भौतिक संरचना जीर्ण द्ध । मन्दिरको छाना जीर्णोद्धार गर्दा मौलिक स्वरुपमा रहेको िझंगटी छाना निकाली जस्ताको छाना लगाएको छ । मन्दिरको ढोका पर्खाल गारो र पेटी आँगन विगि्रएको र भत्किएको अवस्थामा छन् ।

अतः यस मन्दिरको भौतिक स्वरुपको यथाशिघ्र मौलिक स्वरुपमा जीर्णोद्धार गर्नुपर्ने छानामा प्रयोग गरिएको जस्ता हटाई यथाशिघ्र िझंगटीले छाउनु पर्ने ।यस मन्दिरको पूजाआजा र अन्य परम्परागत रुपले चलिआएको व्यवस्था संचालनका लागि राधा बल्लेभेश्वरको नाममा राखिएको गुठीको खोजवीन गरी दैनिक तथा पर्व पूजा संचालन र अन्य व्यवस्था दुरुस्त गर्नुपर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *