तल्लो दरबार, गोरखा

तल्लो दरबार, गोरखा

गोरखा वजारको मध्य भागमा अवस्थित यो दरवार पनि नेपालको शाह वंशीय राजाहरुको ईतिहाससँग सम्वद्ध छ । यस दरवारले मल्लकालिन वस्तुकलाको नमुनाका रुपमा प्रतिनिधित्व गरेको देखिन्छ । यस दरवारको झ्याल ढोका र टुँडालहरुमा अनुपम काष्ठ कलाको नमुना देख्न पाइन्छ ।

यस दरवारको निर्माण किन र कसरी भयो भन्ने तर्फ चासो राख्दा श्री ५ राजेन्द्र वीर विक्रम शाहदेवका पालामा वि.सं. १८९५ मा निर्माण प्रारम्भ भै वि.सं.१८९८ मा निर्माण पुरा भएको देखिन्छ । तत्कालिन श्री ५ युवराजाधिराज सुरेन्द्र वीर विक्रम शाहदेवलाई सत्ताच्युत गरी गोरखामा निवासन गराउने योजना अनुरुप यो दरवार बनाईको तर यो योजना सफल नभएको कुरा इतिहासविद्हरुको भनाई रहेको छ ।

श्री ५ को सरकारबाट यस दरवारमा पुरातात्विक वस्तुहरुको प्रदर्शन गराउने उद्देश्यले पृथ्वी संग्रहालयको स्थापना गर्न लगिएको छ । यस दरवारको जिर्णोद्धार गर्ने कार्य भैरहेको छ र दरवारको परिसरमा पृथ्वी पार्कको निर्माण समेत भैरहेको छ । पार्कमा श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाह सरकारको प्रतिमा समेत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *