गोरखनाथ मन्दिर

gorkha darbar

यस धार्मिक एवं एतिहासिक नगरी गोरखा जिल्लाको गोरखा नगरपालिका गोरखा दरवारमा गोरखनाथ मन्दिर अवस्थित रहेको छ । यो हाम्रो गोरखा रहेको गोरखनाथ मन्दिर नेपाल सरकारको स्वामित्वमा छ ।

 

गोरखा दरबारमा गोरखनाथको मन्दिर र बाहिरी प्रारुप पछिल्लो समयको भएपनि उनको पूजा पाठ द्रव्य शाहकै पालादेखि शुरु भएको भन्ने भनाइ पाइन्छ । गोरखनाथ नाथ सम्प्रदायका सिद्धयोगी मानिन्छन् । यिनले मच्छिन्द्रनाथसँग शिक्षा ग्रहण गरी सिद्धी प्राप्त गरेका कथाहरु पाइन्छन् । द्रव्य शाह र उनका सन्तती एवं सम्पूर्ण देशवासीहरुले गुरु गोरखनाथलाई संरक्षक देवताका रुपमा पूजा आराधना गर्दै आएका छन् । गोरखनाथको नित्यपूजा परम्पार राजा पृथ्वीपतिशाहको पालादेखि शुरु भएको मानिन्छ । २०४१ सालमा मन्दिरको पुरानो स्लेटको छाना फेरी धातुको छाना राखिएको छ ।

 

गोरखनाथ गुफा मन्दिर को गर्भगृहमा गोरखानाथको िसंहासन माथि राखिएको प्रस्तर चक्र हो । चाँदीबाट निर्मित उक्त िसंहासन कलात्मक छ । िसंहासन अगाडि गोरखनाथको धातुको पादुका राखिएको छ । यहाँका अन्य मूर्तिहरु गुरु मइन्द्रनाथ वंश गोपाल र भैरवका छन् । यी सबै मूर्ति धातुका हुन् । मन्दिरभित्र भक्तजनहरुबाट चढाइएका असंख्य त्रिशुलहरु छन् । मूल गर्भगृह गुफाभित्र रहेको छ । गुफासँगै जोडेर बाहिर छाना सहित मन्दिरभाग विस्तार गरिएको छ । मन्दिरको प्रवेशद्वारा पूर्वाभिमूख छ । मन्दिर भित्र र बाहिर प्राङ्गणमा राजेन्द्रलक्ष्मी देवीका पालादेखिका अभिलेख अंकित घण्टहरु झुण्ड्याइएका छन् । यस मन्दिरको गारो इटाको छ र मन्दिरको दक्षिणतर्फ झ्याल निकालिएको छ । मन्दिरको छाना धातुको छ । यस मन्दिरको केही माथि गोरखनाथको धुनी पाटी र पूर्वतिर पशुपतिको छानो विहीन खुला स्थान र बाहिर उत्तरतर्फ पर्खालको खापामा गुहेश्वरीको स्थान रहेको छ । गोरखनाथको पादुका पशुपति गुहेश्वरीको स्थापना पृथ्वीपतिशाहको पालामा भएको मानिन्छ ।

गोरखनाथ मन्दिरमा नाथ सम्प्रदायका योगीहरुद्वारा तान्त्रिक विधिद्वारा नित्य पूजा पाठ र रोट चढाउने कार्य हुन्छ । यहाँ योगाचार सुक्ष्म वेद विधिद्वारा पूजा गरिन्छ । यहाँ चैतेदशै वडादशैं महाशिवरात्री वैशाख शुक्लपूर्णिमा साउने भण्डारा ???? शुदी प्रतिपदादेखि ऐ चतुर्थीसम्म प्रतिअष्टमी आदिमा विशेष पर्वपूजा साचालन गरिन्छ । श्रावण मंसीर महिनामा गोरखनाथलाई रोट चढाउन र पूजा गर्ने भक्तजनहरुको अत्यधिक भीड हुन्छ । मन्दिरमा रहेका भैरवका लागि एकादशी र औंशी शिवरात्री र अन्य तोकिएका तिथि एवं विशेष अवस्था बाहेक अन्य दिन भक्तजनहरुबाट बोका र कुखुरा बलि दिन सकिन्छ ।

 

ताइ रोट र भुङग्रे रोट गोरखनाथका निकै पि्रय प्रसादी मानिन्छन् । गोरखनाथको नाममा रहेको गुठी सदुपयोग नभएकोले सो गुठीलाई गोरखनाथको दिर्घकालीन विकास तथा व्यवस्थापनमा सदुपयोग गर्न प्रभावकारी उपयाहरु अवलम्बन गर्न आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *