लिगलिगकोट

लिगलिगकोट

गोरखा सदरमुकामबाट पश्चिममा ४/५ घण्टाको पैदल यात्राबाट पुग्न सकिने लिगलिगकोट ऐतिहासिक पर्यटकिय स्थलका रुपमा रहेको र सो दरवारको भग्नावशेष यद्यपी त्यहाँ विद्यमान छ ।

बृहत् गोरखा राज्यको निर्माण अभियानको प्रारम्भ लिगलिगबाटै भएको थियो । द्रव्य शाह महत्वाकांक्षी एवं लडाकु राजा थिए । द्रव्य शाहको उदयपूर्व लिगलिगमा मगरहरुको एकतन्त्रीय शासन थियो । प्रत्येक वर्ष दौड प्रतियोगिताबाट प्रथम हुनेलाई वर्ष दिनका निम्ति राजाको रुप छनौट गर्ने प्रचलन थियो । दौड विजयबाट राजा घोषित हुने यो परम्परा शासक छनौटको सन्दर्भमा विश्वमा नै अनौठो र अद्वितीय मान्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *