ऐतिहासिक धरोहर तथा पर्यटन विकासको प्रबल संभावना रहेको गोरखा जिल्लामा थप अरु आकर्षणहरु बढ्दै गएका छन् यदि त्यहां प्राप्त साधन र स्रोतहरुलाई संरक्षण र संबर्धन गर्न सकियो भने । जिल्लाको उत्तरी भेगमा पर्ने मुचोक गाविस वडा नं. ४ स्थित हात्तिसुंढे भन्ने ठाउंले पनि यस जिल्लाको पर्यटन विकासको लागि थप आकर्षण बढाएको छ । उक्त ठाउंमा (सदरमुकामवाट करिब ६ घण्टामा पुग्न सकिने) मिति २०६० साल कार्तिक महिनामा स्थानिय यूवाहरुको पहलमा फेला परेको ऐतिहासिक प्राकृतिक र पुरातात्वीक जस्तो लाग्ने धार्मिक चित्रहरु, शिव लिंग, शिवको फोटो हात्ती, गाई तथा शिव हात्तीको सुंढवाट शिव लिंगमा पानी भरी रहेको प्रत्यक्ष देख्न सकिने विभिन्न आकृतीहरु दियो कलश र पार्वती र महादेव तथा गणेशको तष्विर आदी रहेको महान गुफा पत्ता लागेको छ तर आवश्यक संरक्षण र पहिचानको अभावमा ओझेलमा परिरहेको उक्त गुफाको झिनो रुपमा भए पनि संरक्षण अभियान स्थानिय ब्यक्तिहरुको पहलमा हुंदैछ ।
तत्कालिन समयमा त्यसले महान चर्चा पायो र स्थानियवासीहरुको सहयोगमा करिब ५०० जना भन्दा बढि अट्ने क्षमता भएको उक्त गुफाको संरक्षणको लागि गुफाको दुवै तर्फ ढोका निर्माण गर्ने र वरिपरि वाटो तथा सुरक्षा वार निर्माण गरिएको थियो । त्यस बेला गोरखाका प्राय, सवै गाविसहरुवाट बृद्ध-वृद्धा, यूवा-यूवती, विद्यार्थीहरु तथा सुरक्षाकर्मीहरु अनि आर्मी तथा प्रहरीहरु, राजनितिक दलका कार्यकर्ताहरु र अन्य स्थानिय समाजसेवीहरुले दर्शन गरि भेटी चढाउने काम भएको थियो भने उता त्यसै समयमा विभिन्न व्राम्हणहरु तथा लामाहरु पढाउने काम भएको थियो । जुन स्थानिय बृद्ध बृद्धाहरुको पहलमा भएको थियो । विभिन्न ब्यक्तिहरुवाट संरक्षणको निमित्त भनेर आर्थिक सहयोग गर्ने आश्वासन समेत पाइएको थियो । त्यसवेला रेडियो नेपाल, नेपाल टि.भी., एफएम रेडियो मार्फत पनि स्थानिय ब्यक्तिहरुको पहलमा समाचार मार्फत सुसूचित गराइएको थियो । भने स्थानिय ब्यक्तिहरुको पहलमा “हात्तीसुँन्ढे शिव गुफा” संरक्षण समिति २०६१ गठन गरि जिल्लामा दर्ता समेत गरिएको थियो । तर त्यस ऐतिहासिक धार्मिक गुफाको लागी त्यस पछाडीको समयमा जति नै पहल गर्दा पनि संचार माध्यमहरु, भुगर्भ विभाग, पुरातत्व विभाग आदि ठाउंहरुमा काठमाडौंसम्म नै गएर जानकारी गराउंदा एकले अर्कोलाई सम्पर्क गर्न भने तर विभिन्न कारण बताउंदै कोहि त्यहां पुगेर प्रत्यक्ष निरिक्षण गर्न सकेनन् न त कुनै सहयोग नै । तथा अस्थिर राजनीतिले पनि त्यसलाई नकरात्मक प्रभाव पार्यो ।
गत ३ वर्ष अघि सम्म पनि त्यसको संरक्षणको कुनै पहल हुन सकेन भने उता स्थानियहरुमा छाएको निष्कृयताले गर्दा उक्त धार्मिक गुफा ओझेलमा परेको अवस्थामा केहि उक्त भेगवाट काठमाडौं आएर रहेका स्थानिय यूवाहरुको पहलमा एक सकि्रय चन्दा संकलन समिति बनाएर केहि रकम उपलब्ध गराई हाल त्यस गुफावाट आउन जान सजिलोको निमित्त वाटो निर्माण कार्य सम्पन्न भएको छ । साथै निकट भविष्यमा नै त्यहां प्रवेशद्धारको रुपमा गुफाभन्दा केहि माथि शिव मन्दिर निमार्ण गर्ने योजना रहेको छ । कतै यसमा राज्य पक्षले वा अन्य पत्रकारहरु र संचारमाध्यमहरुले त्यहां गएर त्यसको बारेमा प्रत्यक्ष अवलोकन गरि सत्य तथ्य प्रचार प्रसार गर्न सके त्यसको महत्व झल्कने तथा राष्ट्रको हितमा पो रहने थियो कि त्यसले कुनै पर्यटकिय महत्व पाउने थियो कि भन्ने जनगुनासो रहेकोले यो अनुरोध गरिएको छ । यदि त्यसको सहि पहिचान गरेर राज्यकै संबन्धित निकायले त्यसको संरक्षणको पहल गर्न सके उक्त धार्मिक गुफाले गोरखा गोरखा वासीहरुको लागि मात्र नभई सवै नेपालीको हितमा काम गर्न सक्थ्यो कि गोरखा सदरमुकामवाट करिब ६ घण्टामा पुग्न सकिने तथा टे्रेकिंगको क्रममा पनि गोरखकालीवाट पहिलो क्याम्प पछि दोस्रो दिनमा मा हामी केराघारी वा अर्घुलवाट लन्चको निमित्त हिंड्ने क्रममा विचैवाट झ्याल्लाफांटवाट उत्तर पश्चिमतिर मोडिएर करिब १ घण्टा उकालो हिंडे पछि पुग्न सकिने उक्त स्थलको आफ्नै किसिमको महत्व छ । जहांवाट मनालु रुपीनाला लार्के पास तथा गणेश हिमाल रुटको ट्रेकिंग तथा नयां सम्भावना रहेको तल्लो मनाश्लु क्षेत्रको दुध पोखरी क्षेत्रलाई पर्यटक आकर्षण केन्द्र बनाउदा र त्यसै क्रममा विच वाटोमा पर्दा गोरखादेखि शुरु गर्दा त्यसको दर्शन गर्न सम्भव हुने उक्त प्राकृतिक गुफालाई यदि अरु आकर्षित पार्न सकेमा त्यसले गोरखामा पर्यटन विकासको निमित्त अरु उर्जा थप्ने कुरामा कुनै संका नै छैन । तसर्थ तमाम पर्यटनसंग संबन्धित निकायहरु तथा पर्यटन ब्यवसायीहरु एकजुट हुन आवश्यक छ । त्यस स्थानमा कोहि संचारकर्मीहरु वा अन्य दर्शकहरु उक्त प्राकृतिक एवं पुरातात्वीक गुफाको निरिक्षण गर्न जान चाहेमा हामी स्थानियवासीहरुको अनवरत सहयोग र सद्भाव रहनेछ । कृपया त्यस पर्यटकीय क्षेत्र मनाशलु हिमालको काखमा रहेको प्राकृतिक गुफाको सहि पहिचान गरि आकर्षण बढाऔं । स्मरण रहोस् कि गत २०६७/०६८को आ.ब.मा मुच्चोक गाविसको गाउं परिषदले पनि पर्यटन वर्षको उपलक्ष्यमा यसको संरक्षण र संबर्धनको निमित्त रु। ५० हजार विनियोजनको गरेको थियो । हाल त्यसको कार्यान्वयन हुन बांकी छ ।
आगामी नयां बन्ने संविधानमा पूर्व स्थापित पदयात्रा मार्गहरुलाई मात्र संचालन गर्ने पुरातनवादी नीतिको र मान्यताको अन्त्य गर्दै मुलुक भर यसरी लोपोन्मुख वा संरक्षणको अभावमा रहेका प्राकृतिक धार्मिक सामाजीक तथा सांस्कृति धरोहरका रुपमा रहेका क्षेत्रहरुको सहि पहिचान तथा विकास र प्रबद्र्धन गर्ने किसिमको पर्यटन नीतिहरु बनोस् भन्ने अभिलाषा तमाम पर्यटन ब्यवसायीहरु तथा जनसमुदायहरुको रहेको छ ।
-वासुदेव देवकोटा
श्री चुतर्माला उच्च मा.वि. मुच्चोक १
समाजशास्त्र/पत्रकारिता