गोरखा
गोरखा सदरमुकाममा पहिलो पटक भ्यू टावर निर्माण सम्पन्न भएको छ । गोरखा सदरमुकाम र वरपरका दृष्यहरुलाई अबलोकन गर्न मिल्ने गरी भ्यू टावर निर्माण सम्पन्न भएको हो । गोरखा नगरपालिकाले नगरपालिकाको वडा नम्बर ५ स्थित चिल्ड्रेनपार्क हाता भित्र निर्माण भएको २ तले भ्यू टावर उपभोत्ता समिति मार्फत निर्माण गरेको हो ।
पर्यटक पुर्वाधार भ्यू टावर उपभोत्ता समिति मार्फत गोरखा नगरपालिकाले निर्माण गरेको उत्त टावरका लागि नगरपालिकाले २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको उपभोत्ता समितीका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘चिल्ड्रेन र्पाकमा जिल्ला भित्र र बाहिरबाट आउने पर्यटकलाई गोरखा बजार तथा वरपरका हिमालको अबलोकन गर्न सहज होस भन्ने उद्वेश्यका साथ निर्माण गरिएको हो । अध्यक्ष श्रेष्ठ भन्नुभयो । टावर निर्माणका क्रममा समिती मार्फत २ लाख ५० हजार बरावरको श्रमदान गरिएको उहाँको भनाई छ ।
स्थानियहरुको सहभागीता निर्माण भएको गोरखामा यो नै पहिलो भ्यू टावर हो । नगरपालिकाले ५ तले टावर निर्माणका लागि काम सुरु गरेको भएता पनि पहिलो चरणमा २ तले बनाईएको र बाँकी ३ तलाको लागि बजेट बिनियोजन हुन बाँकी रहेको गोरखा नगरपालिकाका ईन्जिनीयर प्रकाश ढकालले जानकारी दिनुभयो। ‘‘लक्ष्य हाम्रो ५ तले हो । तर यो बिषयमा तिहार पछी हुने नगरपालिकाको बैठकले निर्णय हुने लिने भएका कारण अहिले केही भन्न सकिएन’ ईन्जिनीयर ढकालले भन्नुभयो।
गोरखा नगरपालिकाले यस पटक चिल्ड्रेन पार्कमा निर्माण समपन्न भएको टावरमा तला थप गर्ने र कुहीरे भिरमा निर्माणाधिन भ्यू टावरका लागि भनेर यो बर्ष ३० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । दुई वटा मध्ये कुनलाई कती भनेर चाही रकम छुट्टाएको छैन । दुवै भ्यू टावरलाई तिहार पछि हुने बैठकमा मात्र आवश्यताको आधारमा बजेट बिनियोजन गरिने कार्यालयले जनाएको छ ।
चिल्ड्रेन पार्क भित्र निर्माण भएको टावरको फाउन्डेसन भने ५ तलाको लागि उठाउन मिल्ने गरी काम सम्पन्न भएको हो । टावरको काम उपभोत्ता मार्फत चितवनको रिभेस ईन्जिनियरीङ एण्ड म्यानीफ्याक्चरीङ प्रालिले निर्माण गरेको हो । उत्त कम्पनीले टावरमा १२ हजार ५०० केजी फलाम प्रयोग गरेको कम्पनीले जानकारी दिएको छ ।सभार:नयाँ परिवेश