आरुघाट गाउँपालिका

Aarughat Rural Municipality(आरुघाट गाउँपालिका )

नेपाल सरकारको मिति २०७३ फाल्गुन २७ को स्थानीय तह घोषणा भए अनुसार तत्कालिन पश्चिमाञ्चल विकास क्षेत्र; गण्डकी अञ्चल गोरखा जिल्लाको ६० वटा गा.वि.स. हरू मध्ये ५ वटा साविकका गा.वि.स.हरु (आरुचनौटे, आरुपोखरी, आरुअर्बाङ्ग, मान्बु र थुमी) मिलेर स्थापना भएको आरुघाट गाउँपालिका भौगोलिक रुपमा मध्यपहाडी क्षेत्रदेखि उत्तरी हिमाली क्षेत्रसम्म फैलिएको एवं जैविक विविधताको धनी र पर्यटकीय दृष्टीले महत्वपूर्ण रहेको छ ।

यो गाउँपालिका समुद्री सतहबाट ५८५ मिटर देखि १३८८ मिटर उचाईमा अवस्थित तथा २८० ३’ ५०” देखि उत्तर २८० ८’ ४८”अक्षांश र ८४० ४९’ ४०” पुर्व ८४० ५३’ ३४”देशान्तरमा फैलिएको साथै १६०.७९ वर्ग कि.मि.क्षेत्र ओघटेको यस गाउँपालिकामा उष्ण, सम-शितोष्ण, शितोष्ण, लेकाली र हिमाली हावापानी पाईन्छ। यस गाउँपालिकाको पूर्व सीमानामा धादिङ जिल्ला; पश्चिम सीमानामा बारपाक सुलिकोट गाउँपालिका; उत्तर सीमानामा धार्चे गाउँपालिका र दक्षिण सीमानामा भिमसेन गाउँपालिका पर्दछन्। प्रशासनिक तथा राजनैतिक दृष्टिले यस गाउँपालिकालाई १० वटा वडामा विभाजन गर्नुका साथै निर्वाचन क्षेत्र नं.१,प्रदेशसभाको लागि निर्बाचन क्षेत्र २ र प्रदेश नं.४ अन्तर्गत राखिएको छ । केन्द्रीय तथ्याङ्ग बिभाग, राष्ट्रिय जनगणना, वि.सं.२०६८ अनुसार यस गाउँपालिकाको कूल जनसंख्या २३,८८७ (पुरुष-१०६३९,महिला: १३२४५,औसत परिवार संख्या: ४.२५ एवं लैंगिक अनुपात: ८०.३२ र जम्मा घर धुरी संख्या :५६१४) रहेको साथै जनघनत्व १४८.५ प्रति बर्ग कि.मि. रहेको देखाएको छ । कडा चट्टानी भुभाग रहेको तल्लो हिमाली क्षेत्रको कारण गाउँपालिकाको भौगोलिक अवस्था कठिन रहेको छ । ग्रामिण सडक संजाल प्राय सबै वडाहरुमा पुगेता पनि ती सडकहरु मौसमी अनुकुलतामा निर्भर रहेका छन् ।

ऐतेहासिक पृष्ठभुमी

सीमाना

पूर्व : धादिङ जिल्ला पश्चिम : सुलिकोट गाउँपालिका उत्तर : धार्चे गाउँपालिका दक्षिण : भिमसेन गाउँपालिका

भौगोलिक अवस्थिति

आरुघाट गाउँपालिका निम्नानुसारको अक्षांश र देशान्तरमा फैलिएको छ । अक्षांश : २८० ३’ ५०” उत्तर २८० ८’ ४८” देशान्तर : ८४० ४९’ ४०” पुर्व ८४० ५३’ ३४” हाल कार्यालय रहेको स्थानको अक्षांश र देशान्तर निम्नानुसार रहेको छ । अक्षांश : २८० २’ ४६.१७” उत्तर देशान्तर : ८४० ४८’ ४४” पुर्व

भौगोलिक अवस्था

जम्मा क्षेत्रफल : १६०.७९ वर्ग कि.मि. समुन्द्रि सतहवाटको उचाई: ५८५मि-१३८८मि औषत वार्षिक वर्षा : २६८६मि.मि. औषत वार्षिक तापक्रम : २३०से. मौसम : Sub-Tropical, Temperate, Sub Alpine मुख्य नदीहरु : बुढीगण्डकी, मोदीखोला, आर्खेत खोला, थाटिकखोला, स्तुलखोला, रस्चेतखोला

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *