मिहनेत मरुभुमीमा गरे पनि खेर जाँदैन

मिहनेत मरुभुमीमा गरे पनि खेर जाँदैन

रोजीरोटीका लागी कामको खाजी गर्दै वैदेशिक रोजगारमा कतार आएका गोर्खाका एक साधारण युवक अहिले चर्चित नेपाली व्यवसायी भएका छन् । ती हुन् गोरखा असरांगका बद्रीप्रसाद पाण्डे ४३ । खाडी राष्ट्रको कतारमा काम सुरु गरेको डेढ दशक अवधिमा अथक मिहिनेत लगनशिलता र इमान्दारीले नै उनलाई यो स्थानमा पुर् याएको हो । उनी अहिले कतारी व्यवसायी सरह अरुलाई भिसा दिन र ठूलो लगानी गर्नसक्ने नेपाली व्यवसायी बनेका छन् । अब उनको लगानीको साजाल कतार र नेपालमा मात्र सीमीत नभएर अमेरिका बेलायत र क्यानडासम्म पुगेको छ ।

सन् २००२ देखी आफ्नै व्यवसाय सुरु गरेपछि उनले निर्माणसम्बन्धी १ सय १० वटा ठूला परियोजना सम्पन्न गरेका छन् । १९९३ सेप्टेम्बर २०५० भदौताका कतार आएर पाण्डे सुरुमा प्राविधिकका रुपमा निर्माण कम्पनीमा काम गर्थे । व्यवसायी बनेपछि यहाँका पूवएकानुनमन्त्रीसहितका निजी घर धेरै तलाका व्यवसायीक भवन र सुपरमार्केट भवनको निर्माण गरिसकेका छन् उनले । उनी हाल निर्माणसम्बन्धी १७ ठूला परियोजनामा संग्लन छन् । पाण्डेले कतारको औद्योगिक क्षेत्र सनैयामा निर्माणसम्बन्धी काममा लागी आवश्यक पर्ने कार्पेनट्री र एल्मुनियम फ्याक्ट्री पनि खोलेका छन् । नेपालबाट सन् २००२ मा सात जना कामदार ल्याएर कतारमा व्यवसाय सुरु गरेका पाण्डेको मातहतमा अहिले साढे पाँच सय कामदार कार्यरत छन् । अल फज् एन्ड कन्ट्रुक्टिङ् कम्पनीका प्रबन्ध-निर्देशक पाण्डे भन्छन् परिश्रम इमान्दारीले नै मलाई यहाँसम्म पुर् याएको हो । अहिले मेन कन्ट्रुक्टु मुख्य ठेकेदार का रुपमा काम गर्ने उनको कम्पनीले लिएको काम सब कन्ट्रुक्टुमा अरुलाई समेत दिने गरेको छ । नेपालीसहित बंगाली पाकिस्तानी र सिरियाली कम्पनीहरुले उनको कम्पनीबाट काम लिएका छन् ।

पाण्डे कतारमा समुद्र किनारमा निर्माणधीन अत्याधुनीक सहर पर्ल कतारमा भवन किन्ने तीन नेपालीमध्येका एक हुन् । जसलाई कतार सरकारले ९९ वर्षको भिसा गि्रनकार्ड दिएको छ । पर्ल कतारमा भवन किन्ने अन्य दुई नेपालीमा कतारमै निर्माण कम्पनी साचालन गरेका देवकाजी डंगोल रहाल लन्डनमा कार्यरत अशोक श्रेष्ठ छन् । यहाँ भवन किन्ने जोसुकैले पनि कतारी नागरिकसरह व्यावसाहीक अधिकार पाउँछन् । अघिल्लो वर्ष ८ करोड ५० लाख कतारी रियाल करिब १ अर्ब ७० करोड रुपियाँ बराबरको कारोबार गरेका पाण्डेले आर्थिक मन्दीको सामना गरेर पनि उस वर्ष करिब नौ करोड कतारी रियाल करिब १ अर्ब ८० करोड रुपियाँ को परियोजना साचालन गरिरहेका छन् । गत वर्षको मूल्यांकन अनुसार कतारमा पाण्डेको अचल सम्पत्ति २ करोड २० लाख कतारी रियाल करिब ४४ करोड रुपियाँ थियो । उनले क्यानडा अमेरिका र बेलायतमा पनि रियलस्टेट घरजग्गा कारोबारमा आफ्नो लगानी विस्तार गरेका छन् ।

पाण्डे वैदेशिक रोजगारकालागी सन् १९९३ मा ओभरसियरका रुपमा कतार आएका हुन् । त्यतिबेला उनी खानेपानी विभाग अन्तर्गत म्यागदीमा काम गर्थे । दुर्गममा काम गर्दा घरायसी कारणले उनले राजधानीमा सरुवा मागेर नपाएपछि विदेश हान्निने योजना बनाएका रहेछन् । सुरुमा उनी म्यानपावर एजेन्सीमार्फत ६० हजार रुपियाँ तिरेर कतार छिरेका हुन् । सुरुमा उनले अल मदर कम्पनीमा काम गरे जुन कतारको राम्रो निर्माण कम्पनी थियो । त्यहाँ काम गर्दै गर्दा उनले चिनजानका आधारमा एउटा भवन निर्माणको काम लिए जसलाई उलने एक वर्षमा सक्नुपर्ने थियो । त्यो काम निर्धारित समयमा पूरा गरे ४४ हजार रियाल हालको करिब नौ लाख रुपियाँ बोनस पाउने सर्त थियो । त्यो काम गर्न पाँच सय कामदारसँग उनी सुपरभाइजरका रुपमा खटिएका थिए । त्यसमा उनी यति खटिएछन् कि ११ महिनामै निर्माण कार्य सम्पन्न भयो । बिहान ६ बजे साइट पुग्थेँ र राति १२ बजे फर्किन्थेँउनी सुनाउँछन् मिहिनेत लगाएर मैले काम पूरा गरेँर बोनस पाएँ ।

कतारको कानुन अनुसार कतारीले ५१ प्रतिशत र गैरकतारीले ४९ प्रतिशत लगानी गर्न पाउने प्रावधान छ । अल पलजर एन्ड कन्टाक्टिङ् कम्पनीमा ४९ प्रतिशत लगानी गरी काम सुरु गरेको डेढ वर्षमै कम्पनीका संस्थापक मोहम्मद मुबारक मुबारक अल नैमाले उनलाई आफूसरह काम गर्ने सम्पूर्ण अधिकार दिए । मलाई उहाँले माया लागेर होइन मेरो मिहिनेत परिश्रम र विश्वसले जिम्मेवारी दिनुभयो पाण्डे भन्छन् । उनले सन् २००२ देखी आफ्ना साझेदारबाट त्यो अधिकार पाएका हुन् । अहिले उनको कम्पनी दसौं नम्बरबाट सरु हुने गे्रडिङ्को चौथो नम्बरमा छ जसले एउटा परियोजनाका लागी पाँच करोड अमेरिकी डरल करिब चार अर्ब रुपियाँ बराबरको लगानी गर्न पाउँछ ।

मरुभुमिमा पाँच वर्ष काम गरिसकेपछि उनी स्वदेश फर्किए र नेपाल विल्डस्र नामको निर्माण कम्पनी खोले उसले एक वर्षमा ठेक्का लिएर ५५ वटा घर बनाए । त्यतिबेला नेपालमा सशस्त्र द्वन्द्व बढ्दै थियो । द्वन्द्वकै कारण विकास निर्माण कार्य पभावित भएपछि उनी सम्पत्ति बेचेर डेढ वर्षमा फेरी कतार आए दुई ठाउको अनुभवले उनलाई काम गर्न पानी खाए जस्तो भयो र दोहामै कम्पनी खोलेर काम गर्न सकिने आँट आयो । तत्पश्चात काम गर्दै सफलता पाउदै गएर यस मुकामसम्म आइपुगेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *