गोरखामा निर्वाचन क्षेत्र पूर्वाधार बिकासका ४५ योजना सम्पन्न

गोरखामा निर्वाचन क्षेत्र पूर्वाधार बिकासका ४५ योजना सम्पन्न

गोरखामा निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम अन्र्तगतको ४५ वटा योजना सम्पन्न भएका छन् ।

९९ वटा योजना सम्झौता भएको र एउटा सम्झौता हुन बाँकी रहेको पूर्वाधार बिकास कार्यालयका प्रमुख दयाराम अधिकारीले बताए ।
पालुङ्टार नगरपालिका वडा नम्बर २ स्थित रातडाँडा युवा क्लवको खेलमैदान निर्माणको योजना भने सम्झौता हुन बाँकी रहेको कार्यालय प्रमुख अधिकारीले बताए ।

१५ लाखको उक्त योजना जग्गा अभावका कारण समयमै सम्झौता हुन नसकेको हो । ‘४५ वटा योजना भुक्तानी दिईसक्यौँ’ पूर्वाधार बिकास कार्यालयका प्रमुख अधिकारीले भने ‘सम्झौता भएका सबै योजना असारमा सकिन्छ ।’

निर्वाचन क्षेत्र पूर्वाधार बिकासको काम सबै उपभोक्ता समितिले गर्ने गर्छन ।
गण्डकी प्रदेश सरकारले हरेक प्रादेशिक निर्वाचन क्षेत्रमा दुई÷दुई करोड बिनियोजन गरे अनुसार गोरखामा आठ करोड रुपैयाँ आएको थियो ।
चारवटा प्रदेश निर्वाचन क्षेत्र रहेको गोरखामा प्रति क्षेत्र दुई÷दुई करोड रुपैयाँ सांसदले एक सय वटा योजनामा बिनियोजन गरेका छन् ।

एउटा निर्वाचन क्षेत्रमा अधिकतम २५ वटा योजना छनौट गर्न पाउने कार्यविधी अनुसार योजना छनौट भएको थियो ।
सभार: दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *