पृथ्वीनारायण शाह र नेपालको राष्ट्रियता

Prithvinarayan Shah and the nationality of Nepal

युद अधिकारी
नेपाल आमाले जन्म दिएकी दानवीर, सुरवीर र विद्धदतवीरहरु मध्ये सुरवीर पृथ्वीनारायण शाह पनि एक हुन् । १७७९ साल पौष २७ गते गोरखा दरबारमा जन्मिएका पृथ्वीनारायण शाहलाई जेठी आमा चन्द्रप्रभाले पालन पोषन गरी अर्ती उपदेश दिए ।

६ वर्षको उमेरमा गोरखनाथबाट आर्शिबाद पाएका पृथ्वीनारायण शाहले ९ वर्षमा चण्डी पढ्न सक्ने भए भनी ११ वर्षमा मैदीमा वतबन्ध्र भयो । हर्षा मिश्रले गायत्री र भानु अर्यालले दीक्षा मन्त्र सुनाए, कुलानन्द ढकालले ज्योतिषको ज्ञान दिलाए । १३ वर्षमा पहिलो विवाह भए पनि त्यति सुखद् भएन ।

दोश्रो विवाह बनारसकी अभिमानसिंकी छोरी नरेन्द्र लक्ष्मीसँग भयो । १७९९ चैत्र २५ गतेमा राजगद्दीमा बसेका पृथ्वीनारायण शाहले नै नेपालको एकीकरण गरे । यिनको देवहसान १८३१ माघ १ गते ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा भयो । यिनले गरेको नेपालको एकीकरण र राष्टिूयताको महत्व आज झन् बढ्दै छ । त्यसैले नेपालको राष्टूवादीहरुले उनको ३०० औ पृथ्वी जयन्ती पुस २७ गते हर्ष र उल्लासमय वातावरणमा मनाउँदै छन् ।

यिनका पुर्खा भारतका थिए । मुसलामानबाट पराजित भई भूपाल रिडीबाट भीरकोटमा बसाई सरे । यिनका २ वटा छोराहरु थिए । भारतका समाट्ले खान उपाधि दिएका थिए । खान उपाधि हटाई कुलमण्डललाई शाह उपाधि भारतका हिन्दु समाट्ले दिएका हुन् । कास्कीका राजा कुलमण्डल शाहका ७ भाइ छोराहरु थिए । माइलो छोरा कालु शाहलाई लम्जुङ्गका १० जातिले शिकार खेल्न जाँदा हत्या गरे । राजासँग क्षमा मागी छुट्टै सुतेका यशुबम्हा शाहलाई चाँदीको जाभीमा हाली ७ जनाले तुर्लुघाटको सिन्दुरे ढुङ्गमा सिन्दुरे जात्रा गरे ।

यशुबम्हा शाहका नरहरि, नरपति, द्रव्यशाह ३ भाइ छोरा थिए । द्रव्यशाहले १६१५ विजय दशमीको दिनमा लिगलिगकोटमा विजय गरे । त्यसपछि उनका उत्तराधिकारीहरुले गोरखा राज्यको विस्तार गरे । छत्र शाह निःसन्तान भएपछि रामशाह राजगद्दीमा बसे । सल्यानमा गएर बसेकी आमा पछि गोरखा आए । यिनले बारपाक, कुरुङ आदि विजय गरे । रितिथिति बसाले । बारपाकसँग ४ राजाहरुले युद्ध गरेर विजय गरेको देखिन्छ । बारपाकीहरुले बालुवामा शिरतो बुझाए । पूर्ण शाह, छत्र शाह, रामशाह र पृथ्वीपति शाहले युद्ध गरी विशाल गोरखामा मिलाएको देखिन्छ । लम्जङ्गेहरुले लिगलिगकोट लगायत च्याङलीकोट, लकान, मिरकोट र देउरालीकोटलाई कब्जामा लिए पनि पछि पृथ्वीपति शाहका माहिला छोरा रणदुल्लभले फिर्ता गराए ।

९ वर्षमा ११ पटक यो क्रम चलिरहयो । पछि १७४१ मा यो क्षेत्रलाई गोरखाले कब्जामा लिएको देखिन्छ । पृथ्वीपति शाहको शासन पछि वीरभद्र शाहको युवराजमै मृत्यु हुन्छ । उनकी रानी गर्विणी भई तनहुँ माइत गएकी थिइन् । उनको बारेमा कान्छा छोरा चन्द्ररुपले बताएपछि मल्लिकावती र नरभूपाललाई गोरखामा ल्याई राजगद्दीदमा बसाए । गौरेश्वर पाण्डेले न्वारन गराए । गोरखा ल्याउन सहयोग गर्ने ७ जनालाई इनाम पनि दिए । पुनः तनहुँ र लम्जुङ्गले गोरखाले लिएको ५ कोटलाई हमला ग¥यो । मुखियाले तिनीहरुलाई परास्त गरे । राजा नरभूपालले इनाम र दरबारमा खबर नगरेकोमा रू. १ देखि रू. ५ सम्म जरिवाना गरे ।

१७७९ साल पुस २७ गते ७ महिनामा जन्मेका पृथ्वीनारायण शाहलाई नन्दामिश्र र शिवानन्द खनालले धर्तीमा टेक्ने जेठो हुन्छ भनी राजा भए । बाबुको देवसान पश्चात यिनले पहिलो पटक १८०० मा नुवाकोटमा आक्रमण गरे । यिनको शासन ६ थर, १२ घर, सात धुरेको सल्लाहमा चलेको थियो । बिसे नगर्चीको सल्लाहले बाह्र हजार रकम जम्मा गरी यिनी बनारसमा गए । त्यहाँ भेकासिं र अर्को मुसलमान कालिगढको सहयोगले हतियार लिई गोरखा आई पाल्पा आए र पाण्डे र बस्नेतको मिलाप पनि गराए ।

यिनले सेनामा एक काजी २० सुवेदार, ११० नायक, २२०० सिपाही, १ काजी गरी २३२० जनाको व्यवस्था गरे । यसरी नै काजी अनुसारको सैनिक संगठ्नको व्यवस्था गरे (शर्मा, गोपी, चौबीसे राज्य) । १८०१ मा तेश्रो पटक आक्रमण गरी नुवाकोटलाई विजय गरे । १८११ मा भक्तपुर र तनहँु जिते । १८१२ को सिरानचोक विजयपछि १८१४ मा कीर्तिपुरसँग युद्ध गरे । बल्खु खोलामा ६ घण्टासम्म भएको युद्धमा कालु पाण्डेको छात्तीमा काँड लाग्यो । ४०० सय गोरखाली सेना मरे । त्यसपछि वंशराज पाण्डे काजी भए भने केयरसिं बस्नेत सेनापति भए । शिवरामसिं बस्नेतलाई श्री ३ भनी उपाधि दिएको र गोरखाको नाम वेदमा लेखिएको कुरा शान्तसिं बस्नेतबाट प्राप्त पुस्तकमा उल्लेख छ । १८१९ मा मकवानपुर विजयपछि गौरेश्वर पन्त तनहुँका राजा र पृथ्वीनारायण शाहका गुरु हुनाले मित्रता कायम गरे ।

लम्जुङ्ग, पर्वतले गोरखाको सिरानचोकमा आक्रमण गरे । लम्जुङको तालमेकोटबाट आएका सेनाहरुको मुगेमा भेट भएछ । उनीहरुको सल्लाह अनुसार एक थरी सेना मुगेको बाटो र अर्को थरी सेना अर्गुलबाट उक्लेर बिसौनी गँहामा भेट भएछ । त्यहाँ घमासान युद्ध भई आ(आफ्नो भागमा सिरानचोकको दुई पाटा विभाजन गरेछन् । पृथ्वीनारायण शाहले मकवानपुरबाट फर्किआई गोरखाबाट अजिरकोट चिप्लेटी हुँदै सिरानचोकमा युद्ध गर्न सेनाहरुलाई बोलाएछन् । सिरानचोकमा युद्ध भएपछि त्यहाँ रुद्ध शाहीकी रानीले ११ भारी चामल, ४ टिन खुदो लगी सेनालाई उत्साह बढाउने काम गरिन् । सिरानचोकको युद्धमा अमर पाण्डे, कलवुद्धारे खेद भए ।

लम्जुङका मैधर शाहीलाई बीसे नगर्ची धोती टाँगी छिराउने काम गरे । श्री शाक्य १६७७ मासे ४ गगत् १४ रोज् मा सिरानचोक सर भयो भनी सैनिक इतिहासमा लेखिएको छ । गोरखालीको विजय भयो । १८२२ मा कीर्तिपुरमा विजय गरेपछि उनलाई कीर्तिपुरेको नाककान काटेको आरोप पृथ्वीनारायण विरोधी अंग्रेज इतिहासकारले लगाएका छन् । अंग्रेजलाई पृथ्वीनारायण शाहले नेपालमा बस्न नदिएको रिसको झ्वाँकमा त्यस्तो आरोप लगाएको बुझिन्छ ।

१८२४ मा अग्रेजसँग सिन्दुलीगढी र पौवागढीमा गोरखाली फौजको युद्ध हुन्छ । वंश गुरुङ्ग र वीरभद्र उपाध्यायको फौजले ढुङ्गा मु्ढा हानी सिस्नेघारीमा दबाए । अरिगालको गोलाले हानेर किनलोकको सेनालाई पराजय गराए । १८२५ आश्विन १३ गते कीर्तिपुर जीते । पाटन भक्तपुर विजय पश्चात अग्रेजसँग सुमधुर सम्बन्ध कायम गर्न १४ हात्तीको सौगात स्वरुप ५ वर्षको १५ हजार रूपियाँ बुझाई सम्बन्ध सुमधुर बनाए । काठमाण्डौंलाई राजधानी बनाएपछि जीवनको अन्तिम घडीमा नुवाकोटको देवीघाटमा बसेका ५२ वर्षे पृथ्वीनारायण शाहले कवि, गुरु र परोहितको सम्मान गर्थे ।

उनको १८३१ को दिव्यउपदेश गद्य महाकाव्य भने फरक पर्दैन । त्यसैले साहित्यिक दृष्टिकोणले पनि उनी उच्च मानिन्छन् । पृथ्वीनारायण शाहले ४ क्षेत्र र १२ उपक्षेत्रमा खजानजी र कपरदान नियुक्त गरे । उनको राष्टिूयता र विकासको क्रम आज पनि सान्दार्भिक छ (गोपी शर्मा, चौबीसे राज्य) ।

लिगलिगकोटबाट नेपालको एकीकरणको सिलान्यास शुरु भई द्रव्यशाह, रामशाह, पृथ्वीनारायण शाह, प्रतापसिंह शाह, राजेन्द्रलक्ष्मी, बहादुर शाह, रणबहादुर शाह, प्रथम प्रधानमन्त्री भीमसेन थापाले पाल्पा विजय गरेपछि अन्त्य हुन्छ । १८७२ को सुगौली सन्धीले नेपालको राज्यविस्तार रोकी पूर्व मेची र पश्चिम महाकाली कायम रहन्छ । नेपालाई दुई ढुङ्गाको तरुल, नेपाललाई सबै वर्ण जातको साझा फुलबारी मानेका पृथ्वीनारायण शाहको योगदान मुख्य गरेर नेपालको एकीकरण केन्द्रीत देखिन्छ । यिनका उत्तराधिकारीले कुशल शासन नगर्दा नेपालमा राजतन्त्रको समाप्त भयो ।

पृथ्वीनारायण शाह जस्ता हजारौं राष्टूवादीहरुले नेपाललाई विखण्ड हुनबाट बचाए नेपालको झण्डा विश्वमा चम्काए उनी सबै नेपालीका नेतृत्वकर्ता हुन् । त्यसैले पृथ्वीनारायण शाह वीर सेनानी, योद्धा, निर्णायुद्धकर्ता, रणकुशलता, वीरको कदरकर्ता, माता, पिता, गुरु र गरिब दीनदुःखीको आश्रयदाता, चाणागयनीतिको पालनकर्ता, शत्रु रोक र आगोको वीउलाई नास्नु पर्छ भन्ने धारणा राखेको उनले १२००० घरबाट ५४ ओटा राज्यलाई जिती विशाल नेपालको निर्माण गरेका हुन् ।

उनी प्रातःस्मरणीय, राष्टूवादी राजनेता हुन् । उनको जन्मजयन्ती पुस २७ गतेलाई सार्वजनिक बिदा दिई राज्य र राष्टूवादी नेपालीले भव्य रुपमा जन्मजयन्ती मनाउनु श्रेयश्कर हुनेछ ।

–लेखक गोरखा क्याम्पसका प्राध्यापक हुनुहुन्छ ।

 

साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *