काली मन पर् यो किन ?, उद्धब कुमाल

काली मन पर् यो किन ?, उद्धब कुमाल

 

फुलफुलेको बगैचामा माली मन पर् यो किन ?
गोरीहरुको यत्रो भिडमा काली मन पर् यो किन ?

डाडाँ भरी फुलै फुल जता ततै रङ्गी चङ्गी
तर मलाई रित्तीएको डाली मन पर् यो किन

अर्ती दिए रीस उठ्थ्यो माया दिए विश
तर आज त्यहि मोरीको गाली मन पर् यो किन ?

शहरमा जिस्क्याउथे छिल्लीएकी ठीट्टीहरु
तर आज आफ्नै दाईको साली मन पर् यो किन?

 

रचना : उद्धब कुमाल
ठेगाना : गोरखा बोर्लाङ्ग-८ क्यामुन्टार
हाल : रेडियो लोकतन्त्र ८९.४ मेघाहर्ज, धादिङ

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *